logo
  • शनिबार, असोज १० २०८३

अरिङ्गाले सरकार भन्दै नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं असोज १– कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नेविसंघले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महर, महामन्त्री कुन्दनराज काफ्ले लगायतका नेताहरुको नेतृत्वमा प्रदर्शन गरिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

सो क्रममा नेविसंघका कार्यकर्ताले सरकारको चर्को आलोचना समेत गरेका थिए । चुनावघि नेकपाले गुलिया कुरा गरेको तर चुनावपछि केही नगरेकाे भन्दै चर्को आलोचना समेत गरेका थिए ।

यस्तै प्रधानमन्त्रीको शनिबारको अभिव्यक्तिलाई संकेत गर्दै अरिंगाले सरकार भन्दै कटाक्ष समेत गरेका थिए ।

राजधानीको विश्वभाषा क्याम्पसबाट निकालिएको विरोध जुलुस पुतलीसडकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै अध्यक्ष महर र उपाध्यक्ष कृष्णकुमारी बस्नेतले पन्तको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे । रातोपति

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend