logo
  • सोमबार, असोज १२ २०८३

खिमाको उपचारको लागि जनकल्याणकारी संस्था जापान द्वारा ५० हजार सहयोग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ असोज १ ।
जनकल्याणकारी संस्था जापानले बडिगाड गाउँपालिका वडा नं.२ सिमलचौर, हुकुर्थुमकी खिमा पौडेललाई उपचारको लागि नगद ५० हजार सहयोग गरेको छ।
गत असारमा रुखवाट लडि शक्त घाइते खिमाको उपचार भैरहेको र आर्थिक अभावको कारण उपचारमा समस्या भएको भन्दै सो संस्थाले सहयोग गरेको हो। सो समितिको तर्फवाट पठाइएको रकम हस्तान्तरण गर्दै संस्थाका प्रतिनिधि जमुना सापकोटाले सो रकमले खिमाको उपचारमा थोरै भएपनि सहयोग पुग्ने वताउनु भएको छ। नेपालमा जन्म भई जापानलाई कर्मथलो वनाएका नेपाली हातहरुले आफ्नो खाना कटाएर सो रकम संकलन गरेको बताउँदै सो सहयोगले खिमाको ज्यान वचाउँन सहयोग पुग्ने वताउनु भएको छ।

लामो समयसम्म महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गरिरहेकी खिमा आर्थिक रुपमा कमजोर भएपनि उपचारमा समस्या भएको थियो। टाउकोमा गम्भिर चोट लागेकी खिमाको भरतपुर चितवनमा रहेको चितवन मेडिकल कलेजमा उपचार भएको थियो। हाल आर्थिक अभावको कारण थप उपचारको लागि जान नसकेकी खिमाको लागि जनकल्याणकारी संस्था जापानको सहयोगले केहि सहज हुने भएको छ। खिमाले भन्नुभयो यस्तै सहयोग गर्ने संस्था भैदिय समय मै उपचार हुन्थ्यो। यो संस्थाले ठुलो गुन लगाएको छ।

सानैमा बाबा गुमाएर पिडित वनेका छोरा प्रताप निरन्तर सामाजिक सेवामा लागेकी आमा खिमा आफै थला परेपछि थप पिडित वनेका छन्। सो जनकल्याणकारी संस्थाका आजिवन सदस्य अर्जुन खरेलको पहल तथा बडिगाड २ मा घर भइ जापानमा काम गर्दै आएका रामु सापकोटा, प्रिन्सी खरेल, लक्ष्मी सापकोटा सहितको सहयोग तथा संस्थाका अध्यक्ष अर्जुन खरेलको सक्रियतामा सो रकम पठाइएको हो। आर्थिक रुपमा विपन्न खिमाको उपचारमा झण्डै १० लाख भन्दा वढि खर्च भैसकेको छ।


प्रकाशित मिति : १ असोज २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend