logo
  • सोमबार, असोज १२ २०८३

बागलुङमा तिरतिरे पहिरोले खायो एक महिला


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल ,बागलुङ असोज १ ।
बडिगाड गाउँपालिका वडा नं. ७ को तिरतिरे खोलामा झरीरहेको पहिरोमा परि एक जनाको ज्यान गएको छ। अर्घाखाँची वल्कोट घर भई हाल वुर्तिवाङमा फेन्सी पसल गर्दै आएकी ४० वर्षिय विविरन खातुन (मियाँनी) को मृत्यू भएको हो।वुर्तिवाङ वाट चाड मनाउन अर्घाखाँची तर्फ जाँदै गर्दा अकस्मात माथिवाट खसेको ढुंगाले उनलाई पुरेको थियो। खातुन संगै रहेका उनको श्रीमान अयुव मिँया भने पहिरोवाट बच्न सफल भएका छन्। खातुनको सव वडिगाड गाउँपालिका का अध्यक्ष मेयरसिंह पाइजा सहित स्थानियको टोलीले घटनास्थलवाट निकालेको थियो । अहिले शवलाई वुर्तिवाङ स्थित स्वास्थ्य केन्द्रमा पुर्याइएको छ।


प्रकाशित मिति : १ असोज २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend