logo
  • सोमबार, असोज १२ २०८३

धर्म मार्फत पनि राष्ट्र प्रगति सम्भव : परराष्ट्र मन्त्री ज्ञवाली


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली भदौ ३०।
परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली ले हिन्दु धर्म सँग नेपाल जोडिएको ले हिन्दु धर्म मार्फत पनि राष्ट्र प्रगति सम्भव भएको बताउनु भएको छ। हरितालिका तिजको अवसर पारेर भुर्तुङ्ग (गुल्मी)-काठमाण्डौ सम्पर्क समाज ले आयोजना गरेको ‘दर खाने, एस ई ई सम्मान तथा महायज्ञ उपसमिति गठन’ कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सो कुरा बताउनु भएको हो ।

मुस्लिम धर्मको प्रबर्धनबाट साउदी अरव सम्पन्न भएझै हिन्दु र बौद्ध धर्मको प्रबर्धनबाट नेपाल पनि सम्पन्न बन्न सक्छ । र सोहि कडीमा रहेर समाजले गरेको समाजसेवामुलक काम र छापचौर स्थित दुर्गा भवन माध्यामिक बिधालयले आयोजना गर्न लागिरहेको ‘महायज्ञ’प्राबिधिक शिक्षाको छेत्रमा कोशेढुङ्गा साबित हुनेछ, मन्त्री ज्ञवालीले भन्नुभयो।

कार्यक्रममा बोल्दै समिति अध्यक्ष दिपक शर्मा (ढकाल)ले जन्मभुमीबाट टाढा भएपनि सदैव जन्मभुमीलाई नै मनमस्तिस्कमा लिएर कार्य गरेको र गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो। कार्यक्रममा कालीगण्डकी गाँउपालिका वडा नं सातका प्रमुख लोक प्रताप शाह, दुर्गाभवन माबिका प्राचार्य पुन्यप्रसाद गौतमले बोल्दै प्राबिधिक बिधालय निर्माणार्थ यहि असोज ९ देखि सुरुहुन लागिरहेको महायज्ञको सफलताको लागि काठमाण्डौ बासी भुर्तुङ्गेलीहरुको सहयोग अत्यावस्यक रहेको बताउनु भयो।

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता गोकर्ण पौडेल, समाजका संस्थापक सल्लाहकार नन्दा ज्ञवाली, सारदा कुँवर, श्रीधर गौतम समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार घनश्याम थापा मगर, बुद्धिजिवी रुक्मागत आचार्य र पुर्व सचिव आनन्द गौतमले बोल्दै काठमाण्डौमा रहेर समाजले गरेको कार्यको मुक्तकंठले प्रसंसा गर्दै ‘महायज्ञ’लाई धनिभुत बनाउन सबै एक भएर लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।

कार्यक्रममा ‘महायज्ञ’को सफलता र सहभागिताको लागि दिपक शर्मा (ढकाल)को संयोजकत्वमा शुरेस पौडेल, चिरन्जिवी ढकाल, कमल आचार्य, जमुना गौतम, दल बहादुर थापा, दुर्गा पौडेल, तिलक गुरुङ्ग, शुरेस ढकाल, आनन्द गौतम, शिशिर गौतम र चोमबिक्रम शाह सदस्य रहेको महायज्ञ उपसमिति बनाएको छ।

अधिकाँस तिज गित र नाचगान रहेको कार्यक्रममा महिलाहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । बत्तिसपुतली काठमाण्डौ स्थित अनुपम फुडल्याण्डमा सम्पन्न कार्यक्रममा समाजका उपाध्यक्ष सुरेश पौडेल, कोषाध्यक्ष चिरन्जिवी ढकाल, सहसचिव जमुना गौतम सदस्यहरु शिसिर गौतम, दल बहादुर थापा पुर्व सचिव आनन्द गौतम लगाएतले कार्यक्रम ब्यवस्थापन गर्नुभएको थियो।

गुल्मीको भुर्तुङ्गबाट काठमाण्डौमा विभिन्न क्षेत्रमा कार्यरत तथा अध्यनरत भुर्तुङ्गेलीहरुको यो छाता संस्थाले स्थापना कालदेखि नै समाज सेवा मुलक र प्रोत्साहन मुलक कार्य गर्दै आईरहेको छ ।

सोहि कडी अनुरुप एस ई ई मा उत्कृष्ठ नम्बर ल्याउने बिधार्थी हरुलाई प्रमाणपत्र दिएर सम्मान गरेको छ । अवेर सम्म चलेको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष दिपक शर्मा (ढकाल) र संञ्चालन समाजका सचिव कमल आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend