साझा नेटवर्क
अनिल खत्री, गुल्मी भदौ ३०।
गुल्मीको एक बिद्यालयले माधयमिक शिक्षाको कक्षा सुरु गर्न भन्दै महायज्ञ पूजा गर्ने भएको छ । जिल्लाको इस्मागाउँपालिका वडा नम्बर २ मा पर्ने पालुखा माध्यमिक बिद्यालयले कक्षा ११ र १२ सञ्चालन गर्न भन्दै यहायज्ञ पूजा सञ्चालन गर्ने भएको हो।
उच्च कक्षा सञ्चालन गर्नको लागि बिद्यालयको आर्थिक अबस्था कम्जोर भएपछी महायज्ञ पूजा आयोजना गरिएको पालुखा माबिका प्रधानाध्यापक बावुराम खत्रीले बताए । बिद्यायलयमा शनिवार बसेको भेलाले यहि आउँदो असोज २२ गते देखि ३० गते सम्म महायज्ञ गर्ने मिति तय गरेको प्रधानाध्यापक खत्रीले बताए ।
भेलाले महायज्ञ सञ्चालन गर्नको लागि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबं इस्मा गाउँपालिका २ का वडा अध्यक्ष टिकाबहादुर रेश्मीको संयोजकत्वमा ३ सय ५१ सदस्यि मुल आयोजक समिति सदस्य गठन गरेको छ । महायज्ञलाई प्रभावकारी बनाएर सम्पन्न गर्नको लागि भन्दै २३ वटा उपसमिति समेत गठन गरेको खत्रीले बताए ।
९ दिन सम्म पालुखा माबिको छल्दीमा सञ्चालन हुँने महायज्ञमा बाल योगेश्वर महाराज कथा प्रवचन गर्ने बिद्यालयले जनाएको छ । २०३५ सालमा स्थापना भएको बिद्यालयमा लामो समय सम्म ५ कक्षा सम्म सञ्चालन हुदै आएको थियो । आर्थिक अबस्था कम्जोर हुँदाहुादै केहि वर्ष पहिलेबाट ८ कक्षा सम्म र केहि वर्ष यता कक्षा १० सम्म पठनपाठन हुदै आएको छ ।
बिद्यालयलको आर्थिक अबस्था निकै दनिय अबस्थामा १० कक्षा सम्म सञ्चालन गर्दै आएको बिद्यालयले बिद्यालयको खर्च चलाउन स्थानियसँग चन्दा सहयोग र देउसी भैलो खेलेर समेत रकम सञ्चालन गरेर बिद्यालय चलाउदै आएको छ ।
सदरमुकाम नजिकै रहेर पनि ओझेलमा परेको बिद्यालयलाई अगाडी ल्याउनको लागि भन्दै पछिल्लो समय यता स्थानियले बिभिन्न जग्गा दान गरेर नयाँ भवन समेत निर्माण गरेका छन् ।
भवन निर्माण भएपनि बिद्यालयमा उच्च शिक्षा सञ्चालन गर्नको लागि आबश्यक दरबन्दीका शिक्षक र आर्थिक अबस्था कम्जोर भएकाले पूजा आयोजना गरिएको बिद्यालयका निर्वतमान प्रधानध्यापक सुरेन्द्र पोण्डेयले बताए ।
बिद्यालयमा उचित भवनको अभाव हुदा केहि वर्ष पहिले बाँसले बारेको कक्षामा बिद्यार्थीहरु पठनपाठन गर्न बाध्य थिए । बिद्यालयले आगामी वर्षदेखि कक्षा ११ को पठनपाठन समेत सुरु गर्ने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाबहादुर रेश्मीले बताए ।
कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाबहादुर रेश्मीको अध्यक्षता जिल्ला समव्य समिति गुल्मीका सदस्य राममल्ल ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो ।
बिद्यालयका निर्वतमान प्रधानाध्यापक सुरेन्द्र पाण्डेयको स्वागत रहेको कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समिति सदस्य दलबहादुर बिश्वकर्माले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend