logo
  • सोमबार, असोज १२ २०८३

अर्घाखाँचीमा १८ वर्षिय युवती द्धारा आत्म हत्या


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सन्धिखर्क भदौ २९ गते । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका रोकाहा टोलामा एक युवती द्धारा आफ्नै कोठामा झुन्डिएर आत्म हत्या गरेकी छन ।

सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ का २२ वर्षिय खड्क प्रसाद मुखियाकि श्रीमती १८ वर्षीय भिमा मुखियालले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन ।

गत पौषमा विवाह बन्धनमा बाधिएकी भिमा र खड्क बिच राम्रो माया प्रेम – सम्बन्ध रहेको स्थानीयवासिले बताएका छन के कारणले आत्म हत्या गरिन भन्ने बारेमा खुलेको छैन प्रहरीले अनुसन्धान गरिरहेको जनाईएको छ ।

भिमाको माईती घर जिल्लाकै छत्रदेव गाउँपालिकाको वार्ड नम्बर १ चिदिकामा रहेको बुझिएको छ । विगतका वर्षहरु देखी अर्घाखाँचीमा आत्म हत्या गर्नेको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend