साझा नेटवर्क
अनिल खत्री ,गुल्मी भदौ २८ ।
गुल्मीमा कृषि ज्ञान केन्द्र कार्यालयको स्थापना भएको छ । जिल्लाको १२ वटै स्थानिय तहमा कृषि सम्बन्धी बिज्ञ सेवा प्रदान गर्ने उदेश्यले कार्यालयको स्थापना भएको हो ।
जिल्लाको सदरमुकाम तम्घासमा रहेको कार्यालयको बिहिवार प्रदेश नम्बर ५ का संसद एबं बिशेष अधिकार समिति संयोजक कमलराज श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यालयको स्थापना गर्दै बिशेष अधिकार समिति संयोजक श्रेष्ठले संघिएता नौलो अभ्यास भएकाले जनताले चाहेका संबिधानले कल्पना गरेका अधिकारहरु तुरुन्तै गाउँगाउँमा पुग्न नसकेको बताए ।
उनले जनतालाई कुनै पनि सेवा लिन अन्य जिल्ला तथा केन्द्रमा धाउन नपर्ने गरि सेवा सुबिधा दिन प्रदेश सरकार लागि परेको बताए । कृषि क्षेत्रको बिकास गर्न व्यवहारिक कृषि प्रणालीको आबश्यता रहेको बताए । संसद श्रेष्ठले भूमिलाई वर्गिकरण गरेर कृषि क्षेत्रलाई व्यवसायिक बनाउनु पर्नेमा जोड दिए । कृषिलाई निर्वाह र परम्परागत भन्दा पनि व्यवसायिक कृषि र कृषक बनाउनको लागि यो ज्ञान केन्द्रले महत्वपूण भूमिका निर्वाह गर्ने श्रेष्ठले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलि,प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल, नेकपाका बिरबहादुर कार्की, नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले कृषि क्षेत्रलाई थप टेवा पु¥याउने उदेश्यले कृषि ज्ञान केन्द्र स्थापना हुनु खुसीको कुरा रहेको बताए ।
उनिहरुले स्थानिय तहमा कृषि सम्बन्धी बिशेषज्ञ सेवा नभएकाले यो कार्यालयले निकै महत्वपूर्ण काम गर्ने बताएका थिए । कृषि ज्ञान केन्द्र प्रदेश नम्बर ५ अन्र्तगत भूमि व्यवस्थ कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय मातहतमा रहने छ ।
कृषि क्षेत्रमा बिभिन्न प्राबिधिक सेवा दिने उदेश्यले कार्यालय स्थापना भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख चक्रपाणी पन्थीले बताए । उनले जिल्लाका स्थानिय तहहरुसँग पुलको रुपमा रहेर काम गर्ने बताए ।
केन्द्रबाट कृषि सम्बन्धी ल्याव सहित बिशेषज्ञ सहितका प्राबिधिक सेवाहरु प्रदान गरिने पन्थीले बताए । प्रदेश नम्बर पाँच अन्र्तगत स्थापना भएको गुल्मीमा भएको यो कार्यालय पहिलो कार्यालय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend