logo
  • शुक्रबार, असोज ९ २०८३

कुमार न्यौपाने र मुक्ति भण्डारीको “निष्ठुरीले झुटो बाचा कसम खाएर” बजारमा आउँदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क ।
कुमार न्यौपाने र मुक्ति भण्डारीको संयुक्त एल्बम “निष्ठुरीले झुटो बाचा कसम खाएर” बोलको गित बजारमा आउने तयारीमा रहेको छ ।गितमा चर्चित गायिका शान्ती श्री परियार र मुक्ति भण्डारीको स्वर रहेको छ । नरेश बोहोराको शब्द रहेको गीतलाई याम थापाले एरेन्ज गरेका छन् भने संजय परियारले लय शृजना गरेका छन ।

मायामा धोका पाइसकेपछिको अनुभव गीतको शब्द मार्फत व्यक्त गरिएको गीतलाई कतारको रमणीय स्थलहरुमा छायांकन गरिएको छ । उक्त गितको भिडियोमा नारायण पन्त, मुना गिरि र सबिन अलिले अभिनय गरेका छन् ।

कुमार न्यौपाने र पर्शुराम दाहालको निर्देशन रहेको उक्त भिडियोमा छायांकन भने चर्चित छायाकार भविन्द्र तामांग र राजेन्द्र थापाले गरेका छन् ।

सेल्फी टिभीले पोस्ट प्रोडक्सन गरेको गीतको प्रोमो केहि समय अगाडी सेल्फी टिभी कै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो । गितको पुरा भिडियो तीज सकिए लगत्तै सार्वजनिक गरिने निर्देशक न्यौपानेले साझा नेटवर्कलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend