logo
  • शनिबार, असोज १० २०८३

गुल्मीका महिलाहरुले हर्षोल्लासका साथ तिज पर्व मनाए


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सुनिता कंडेल, गुल्मी भदौ २७ ।
नेपाली महिलाहरु हरितालीका तिज पर्व हर्षोल्लासका साथ मनाएका छन् । महिलाहरु बिहानैदेखी सौभाग्य सुचक धागोपोते, टीका गरगहना, रङ्गीचङ्गी कपडा, पहिरेर विभिन्न शिवमन्दिरहरु तथा खेल मैदानमा भेला भएर महिलाहरुले बिभिन्न खालका गीतहरु गाएर मनाएका छन् ।

तिज पर्वको अबसरमा गुल्मीको सदरमुकाम तम्घामा,अर्खले सहित जिल्लाका बिभिन्न स्थानहरुमा पनि भेला भएर बिबिध कार्यक्रमहरु सहित धुमधामसँग मनाएका छन् । महिलाहरु आज तिज सम्बन्धी गीत गाएर आफ्नो मनभित्रको बह पोख्ने गर्दछन् ।

गुल्मीको सदरमुकाम तम्घासमा रेसुङ्गा नगरपालिकाले प्रतियोगीतात्म कार्यक्रम समेत राखेको थियो । बिगतका वर्षहरुमा जस्तै नगरपालिकाले बिभिन्न स्थानबा आएका महिला समुहलाई समुहगत रुपमा प्रथम द्धितिय तृतिय बनाएर पुरस्कार समेत दिँदै आएको छ ।

तिज पर्वको अबसरमा मौलिक संस्कृति सहितका गीतहरु गाउँने तथा नाच गान गर्ने पुरानो परम्परा रहि आएको छ । तीजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनहरु साटने गर्दछन् ।

तिजको अबसरमा ब्रत बस्नुका साथै नारी बेदना समेटीएका गीतहरु गाएर मनाउने तिज पर्वको संस्कृति रहि आएको छ । वर्षौ देखि आफनो घरमा परेका दुख नारि बेदनाहरु माइतीमा जम्मा भएका साथीसँघीहरुसँग गीतको मार्फत पोख्ने गर्दछन् ।

पर्वको अबसरमा लामो समय देखि टाढिएका आफन्तहरु पनि जम्मा भएर खुसी साट्दै गीत मार्फत गाउने प्रचल पनि छ । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर ब्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथनअनुसार यो पर्व मनाइँदै आएको हो ।

तिज पर्वमा पानीसमेत नखाई विवाहित महिलाहरु शिवको पूजा आराधना गर्दै आफ्ना पतिको तथा परिवारजनको सुख,शान्ति दिर्घायु, सुस्वास्थ्यको कामना गरी ब्रत बस्दछन् । अविवाहित महिलाहरु सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ ब्रत बस्ने गर्दछन् ।

यस दिन पानी समेत नखाई ब्रत बस्नुपर्ने हुनाले अघिल्लो दिन बेलुकी नै विभिन्न परिकार तथा मिष्ठान्न तयार गरी व्रतालुहरुले दर खाने प्रचलन छ । महिलाहरु आज तिज सम्बन्धी गीत, गाएर आफ्नो मनभित्रको बह पोख्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend