logo
  • सोमबार, असोज १२ २०८३

महिलाहरुको महान चाड तिज गुल्मीमा हर्षोल्लासका साथ मनाईदै


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सुनिता कंडेल, गुल्मी भदौ २७ ।
आज नेपाली महिलाहरु परम्परागत हरितालीका तिज पर्व हर्षोल्लासका साथ मनाउदै छन् । महिलाहरु बिहानैदेखी सौभाग्य सुचक धागोपोते, टीका गरगहना, रङ्गीचङ्गी कपडा, पहिरेर विभिन्न शिवमन्दिरहरुमा जम्मा हुने गर्दछन् । तिज पर्वको अबसरमा गुल्मीको सदरमुकाम तम्घामा पनि महिलाहरु बिभिन्न देवालय तथा मन्दीरहरुमा पुजाआजा गर्न भेला भएका छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर ब्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथनअनुसार यो पर्व मनाइँदै आएको मानिन्छ ।

तिज पर्वमा पानीसमेत नखाई विवाहित महिलाहरु शिवको पूजा आराधना गर्दै आफ्ना पतिको तथा परिवारजनको सुख,शान्ति दिर्घायु, सुस्वास्थ्यको कामना गरी ब्रत बस्दछन् । अविवाहित महिलाहरु सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ ब्रत बस्ने गर्दछन ।

यस दिन पानी समेत नखाई ब्रत बस्नुपर्ने हुनाले अघिल्लो दिन बेलुकी नै विभिन्न परिकार तथा मिष्ठान्न तयार गरी व्रतालुहरुले दर खाने प्रचलन छ । महिलाहरु आज तिज सम्बन्धी गीत, गाएर आफ्नो मनभित्रको बह पोख्ने गर्दछन् ।

वर्षौ देखि आफनो घरमा परेका दुख नारिबेदनाहरु माइतीमा जम्मा भएका साथीसँघीहरुसँग गीतको मार्फत पोख्ने गर्दछन् । बिवाह भएर गएको घरमा परेका दुख कष्टहरु गीत मार्फत गाएर आफना बेदनाहरु पोख्ने गर्छन् ।

पर्वको अबसरमा लामो समय देखि टाढिएका आफन्तहरु पनि जम्मा भएर खुसी साट्दै गीत मार्फत गाउने प्रचल पनि छ । तीजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनहरु पोख्ने गर्दथे । तर पछिल्लो समयमा तीजमा उत्याउलो खालको सँस्कृति भित्रिन थालेको छ ।

पर्वको अबसरमा गाउने गीत पर्वको मर्म तथा नारी बेदना भन्दा पनि फरक खालको संस्कृति भित्रिएको प्रति पुराना पुस्ताको चिन्ता छ । तिजको अबसरमा एक महिना अघिदेखि दर खाने, गरगहना एवम् फेसन प्रदर्शन गर्नेगर्नाले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान थालेको छ ।

तिज पर्वमा पहिलो जस्तै अहिलेका पुस्तामा बिभिन्न चोक, मौदानमा भेला भएर गीत गाउँने नाच्ने प्रचलन पनि हट्दै जान थालेको छ । बिभिन्न प्रबिधिीहरु भित्रिदै जानु र नयाँ पुस्ताले गीतहरु प्रति खासै चासो नदिदा महत्व घटदै जान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend