logo
  • शनिबार, असोज १० २०८३

दुई वर्षपछि मलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री दिने सहमति छ : प्रचण्ड


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक छाड्ने सहमति भएको खुलासा गरेका छन् ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्ससँग गरिएको कुराकानीमा प्रचण्डले अहिलेको सम्झौताको स्पीरिट भनेको प्रधानमन्त्री ओलीले दुई वर्ष प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक छाडेर आफूलाई दिने सहमति भएको बताएका हुन् ।

भारत भ्रमणका क्रममा गरिएको उक्त कुराकानीमा उनले यसबारे भारतीय नेताहरुसँग पनि कुराकानी भएको खुलाएका छन् ।
‘अहिले उक्त सहमति अनुसार सबैजना प्रतिबद्ध भनेर अघि बढिरहेको छौँ,’ उनले भनेका छन्, ‘यदि सहमति पालना भएन भने त्यतिबेला नै हेरौँला ।’अध्यक्ष प्रचण्डले चीन नेपालका सबै कम्युनिष्ट पार्टीलाई एक भएको हेर्न चाहे पनि तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको एकतामा चीनको कुनै दबाब, सुझाव वा चाहना नभएको प्रष्ट पारेका छन् ।

उनले शान्ति प्रक्रियाको शुरुवातदेखि नै दुई पार्टीबीच एकताको कुरा चलेको बताउँदै यो एकता नितान्त घरेलु आवश्यकताले जन्माएको प्रक्रिया भएको बताए ।
‘चीनले जहिले पनि नेपालका सबै कम्युनिष्टहरु एक भएको हेर्न चाहेको छ । यो माओवादी र एमालेबीचको एकीकरण मात्र होइन, किरणजी र विप्लवसँग पनि । दुई पार्टी मात्र एक भएर नपुग्ने उनीहरुको बुझाई छ । तर, उनीहरुले गर्दा यो एकता भयो भन्नु गलत हुनेछ,’ उनले भने ।

उनले नेपालको राजनीति जहिले पनि भारतीय र चिनियाँ कार्ड खेल्नेमा अल्झिएको बताउँदै अब आफूहरुले त्यसको नगर्ने बताए ।

उनले चीनसँग पछिल्लो समय विभिन्न क्षेत्रमा सहकार्य र गतिविधिहरु बढेको भए पनि नेपालको आर्थिक गतिविधिमा भारत अझै पनि मुख्य कर्ता भएको बताए ।

उनले भारतलाई चिढाउने गरी चीनले नेपाललाई समर्थन नगर्ने वा नउक्साउने दाबी गरे । अध्यक्ष प्रचण्डले आफू चीनको भ्रमणमा जाँदा कुनै पनि चिनियाँ नेताले भारतसँग राम्रो सम्बन्ध नबनाउ वा कुनै पनि प्रकारको नकारात्मक कुरा नगरेको बताए ।रातोपति

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend