साझा नेटवर्क
साझा नेटवर्क , बुटवल भदौ २५ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ८ किमडाँडामा चितुवाले आक्रमण गर्दा एक बालिकाको मृत्यु भएको छ।
सन्धिखर्क नगरपालिका १० धरमपानी करनढुंगा निबासी रिखिराम र पुस्पा रानाको ६ बर्षकि कान्छी छोरी सदिच्छा राना रहेकी छन। आफ्नो आमा सँग सोही नगरपालिका ८ किमडाँडा पकले जाने क्रममा बाटोमा पर्ने सानी आमाको घर बसेर अर्कोदिन पकले जाने योजना रहेको थियो।
बाघ लागेको छ। यताउता नजाउ भन्दाभन्दै पसलमा चाउचाउ किनेर फर्कदाँ घर नपुग्दै चितुवाले आक्रमण गरेको सानिआमाले बताउनु भयो। तीन बहिनी संगै चाउचाउ किन्न गएर घर फर्कने क्रममा खरेयानमा लुकेर बसेको चितुवाले बालिकालाई आक्रमण गरि जंगल तर्फ लगेको थियो।
हामी बसेर चाउचाउ खाँदै थियौ। बिचमा बसेको कान्छी बहिनिलाई चितुवाले लगेर गयो भन्दै रुँदै आमा र सानी हजुर आमालाई मृतकको दिदिले बताएपछी स्थानीय बासिहरु हारगुहार गर्दै जंगल तर्फ गएका थिए। तर बालिकालाई जिबित भेट्टाउने प्रयास असफल भयो। घटनास्थलको प्रकृति मुजुल्का सहित पोस्टमार्टमको निम्ति जिल्ला अस्पताल लागिएको छ।
घटनाको खबर पाउना साथ जिल्ला प्रहरी कार्यालयको टोलि घटनास्थलमा आई तिब्रताका साथ खोजिकार्यमा सहभागी भएका थिए। घटनास्थलमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल ,प्रहरी नायब उपरीक्षक नवराज मल्ल जिल्ला बन कार्यालय प्रमुख दिपक ज्ञवाली लगायत स्थानिय ,बजारबासी लगायतको सयौंको जमघट भएको थियो।
केहि बर्ष देखि अर्घाखाँची जिल्लामा बाघको आक्रमणबाट डेढदर्जन बालबालिकाकोहरु सिकार हुन् पुगेका छन् । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend