साझा नेटवर्क
सुरेश थापा, गुल्मी भदौ २५ ।
गत जेठ १ गते देखि पूर्ण रुपमा बन्द रहेको रिडि रुद्रवेणि कालिगण्डकी कोरिडोर सडक आज देखि संचालनमा आउने भएको छ ।
कडा पहरा र एकतर्फी मात्र सवारी साधन संचालन हुने साँगुरो सडक विस्तारको जिम्मा नेपाली सेनाले लिएपछि निरन्तर विस्तारको कार्यलाई तिव्र पारेको थियो । विस्तारको काम थोरै बाकि रहेपनि महिलाहरुको महान पर्व हरितालिका तिज र दशै तिहारलाई मध्यनजर राख्दै सडक सुचारु गर्न लागिएको निर्माण प्रमुख कर्णेल रेस्मी राज भट्टराईले बताए ।
सडक संचालन नहुदा सम्म बैकल्पिक सडकको रुपमा पाल्पा बर्तुङ, स्याङजा को जिरो, मिर्मि, गुल्मीको हर्मिचौर हुदै यातायात र ढुवानिका साधन संचालन हुदै आएको छ । दुरीको हिसाबले लामो समय लाग्ने गुल्मीको नयाँ सडक बर्षा याम लगातार पानि परेपछि करिव ३ महिना यात्रु हरुले पटक पटक सास्थी झेल्दै यात्रा गर्नु परेको छ । भने ढुवानी भाडा बढे संगै दैनिक उपभोग्य बस्तुको मुल्य बृद्धिले उपभोक्तमा चरम मारमा परेका छन् ।
रिडि रुद्रवेणि सडक संचालनमा आउने भएपछि आम नागरिक हर्षित भएका हुन ।यात्रा र यातायातमा रहेका समस्या दिर्घकालिन रुपमा हल हुने अपेक्षा गरिएको छ । सो सडकको परराष्ट्र मन्त्रि प्रदिप कुमार ज्ञवालीले भोलि भदौ २५ गते दिउसो ११ बजे रुरु क्षेत्र रिडि बाट उद्घाटन गर्ने कार्यक्रम रहेको इलाका प्रहरी कार्यालय रिडिका प्रमुख भिम कार्किले बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend