logo
  • सोमबार, असोज १२ २०८३

पाणिनि गाउँपालिकामा शिक्षा दिवसमा विभिन्न कार्यक्रम


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

जितेन्द्र खत्री ,अर्घाखाँची भदौ २५ ।
३९ औ शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस अर्घाखाँचीको पाणिनि गाँउ पालिकामा भब्य रुपमा मनाइएको छ ।
पाणिनि गाँउपालिकाको आयोजनामा दुर्गाफाटमा भएको कार्यक्रममा शिक्षामा योगदान पुराउने ब्यक्ति , शिक्षक तथा विद्यार्थीलाई  सम्मान, पुरस्कृत तथा कदर पत्र प्रदान गरिएको छ।

कार्यक्रममा आधारभुत तह, माध्यमिक तह तथा एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, उत्कृष्ट अध्यापन गराउने शिक्षक, राम्रो काम गर्ने विद्यालय ब्यबस्थापन समिति, विद्यालय कर्मचारीलाइ सम्मान पत्र, नगद र दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गरिएको छ । कार्यक्रममा मन्तब्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले शिक्षाको गुणस्तर बृद्धि गरि ब्यवहारिक शिक्षामा जोड दिनु पर्नेमा जोड दिनु भयो । गुणस्तरीय शिक्षा विना देसको विकास सम्भव नभएको बताउनु भयो ।

गाँउपालिकाको अध्यक्ष अच्युत गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाँउपालिकाकि उपाध्यक्ष लक्ष्मी गौतम, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख मणिराम पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलक गौतम, गाँउ शिक्षा समितिका अध्यक्ष गुणखर अधिकारी, नेरामाविका प्रधनाध्यापक पुस्करराज पोख्रेल, स्रोत ब्यक्ति यादव प्रसाद घिमिरे लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम पाणिनि गाँउ पालिकाका शिक्षा शाखा प्रमुख कृष्ण पोख्रेलको स्वागत र स्रोत ब्यक्ति ठाकुर गौतमको सञ्चालनमा सम्पन्न भएकाे हाे ।


प्रकाशित मिति : २५ भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend