logo
  • सोमबार, असोज १२ २०८३

‘नेपाल विद्याभुषण कला’ बाट गुल्मीका दृष्टिविहिन ज्ञवाली सम्मानित


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल ,गुल्मी भदौ २४ ।
‘नेपाल विद्याभुषण कला २०७५’ बाट गुल्मीका डा. लक्षमण प्रसाद ज्ञवाली सम्मानित भएका छन् । ज्ञवालीलाई शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरेकी हुन् ।
विद्यावारिधि, स्नातकोत्तर तथा स्नातक अन्तरगतका विभिन्न संकायमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरुलाई सो पुरस्कार प्रदान गरिन्छ । गुल्मीका ज्ञवाली त्रिभुवन विश्वविद्यालयमा मानविकी, राजनीतिक तथा समाजशास्त्र संकायमा उत्कृष्ट भएका हुन् । उनले कानुन र फरक क्षमता भएका ब्यक्तिहरुसम्बन्धि अनुसन्धान गरेका थिए । सोहि पुरस्कारअन्तगत विद्यावारिधिका विभिन्न संकायमा उत्कृष्ट हुनेलाई ‘क’ वर्गको पुरस्कार प्रदान गरिन्छ ।

त्यस्तै स्नातकोत्तरका विभिन्न संकायमा उत्कृष्ट हुनेलाई ‘ख’ र स्नातक स्तरका विभिन्न संकायमा उत्कृष्ट हुनेलाई ‘ग’ वर्गको पुरस्कार प्रदान गरिन्छ । ज्ञवालीले विद्यावारिधि गरेबापत ‘क’ वर्गको पुरस्कार पाएका हुन् । ज्ञवालीको जन्म गुल्मीको रुरु गाउँपालिका ५ मा भएको थियो । शारीरिक हिसाबले उनी दृष्टिविहिन हुन् । तर उनी स्थानिय बम्घा टाहाटिम निम्न माध्यमिक विद्यालयमा विगत १५ बर्षदेखि कम्युटर विषय अध्यापन गराइरहेका छन् ।


प्रकाशित मिति २४ भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend