साझा नेटवर्क
कमल पौडेल , बागलुङ भदौ २४ ।
महिला जागरण केन्द्र इकाइ समिति बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरको आयोजनामा तिजिगित तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ।
सरस्वती प्राविको प्रांगणमा सम्पन्न भएको कार्यक्रममा महिला जागरण केन्द्र बडिगाड १ र २ का अध्यक्ष विना थापाले तिजी गित हरु महिला हिंसा विरुद्ध हुनु पर्ने तथा समाजमा भैरहेको भड्कीलो पनलाई अन्त्य गर्नुपर्ने वताउनु भएको छ। बडिगाड महिला तथा वालवालिका सशक्तिकरण केन्द्रकी अध्यक्ष समेत रहनुभएकी थापाले समाजमा संस्कारका नाममा भैरहेका भड्कीला चलनलाई महिला दिदिबहिनीले नै अन्त्य गर्नुपर्ने वताउनु भएको हो।
कार्यक्रममा तिजिगित कार्यक्रम सहित दर समेत खुवाइएको थियो। कार्यक्रम इकाइ समितिका अध्यक्ष इन्द्रकला पाण्डेको अध्यक्षता, सदस्य गिता पोखरेलको स्वागत मन्तव्य तथा रेनुका घिमिरेको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend