साझा नेटवर्क
हिम शिखर , खनदह अर्घाखाँची , भदौ १५
मालारानी गाँउपालिका खनदह बजार आज पनि बन्द रहेको छ । बुधबार राती जनप्रतिनिधिहरु द्धारा गाँउपालिकाको कार्यलय रहने स्थान अन्यत्र राख्ने निणर्य गरेपछि बजारवासी र मालारानी ३ का जनताहरुले असन्तुष्टि जनाउदै बजार तथा यातायत बन्द गर्ने निणर्य छन् । यदि गाँउपालिकाले निर्णय फिर्ता नलिए अनिश्चितकालिन बन्द गर्ने चेतावनी समेत दिएका छन् ।
अहिले मालारानी गाँउपालिकाको अस्थायी कार्यलय बजार क्षेत्रमै रहेको छ । बजारवासीको माग गाउँपालिका को कार्यलय जनताहरु लाई सबै सेवामा सहज पुग्ने स्थान मै राख्नुपर्ने रहेको छ ।
तर जनप्रतिनिधिहरुले अहिले घोषणा गरेको क्षेत्र मालारानी गाउँपालिका ३ कै एकराते भन्ने डाँडामा एउटा पनि घर नरहेको , पानिको अभाव , सडक तथा गोरेटो बाटो समेत नरहेको र सेवाग्राही लाई हरेक कुराको अभाव रहने हुँदा उनिहरुले आपत्ति जनाएका हुन् । पटक पटक ज्ञापनपत्र बझाएर गाँउपालिका बजार नजिकै तेउने भन्ने ठाँउमा राख्ने सुझाव दिंदा दिंदैपनि जनप्रतिनिधिहरु ले एकाएक अन्यत्र सार्ने निणर्य गरेपछि बजारबासीहरु ले हिजो देखी शान्तिपुर्ण आन्दोलन गर्दै आएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend