logo
  • आइतबार, असोज ११ २०८३

ओली र हसिना भेटवार्ता द्विपक्षीय हितका विषयमा छलफल


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

काठमाडौं भदौ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन बिहीबार बिहान काठमाडौं आएकी हसिनासँग द्विपक्षीय हितमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्विटरमार्फत जनाएका छन् । उनले आगामी दिनमा नेपाल–बंगलादेश सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास अभिवृद्धि भएको पनि उल्लेख गरेका छन् ।

परराष्ट्र मन्त्रालयले नेपाल–बंगलादेश सम्बन्धका विविध विषयमा विचारविमर्श भएको जनाएको छ । भेटमा पारस्परिक हित र चासोका साझा विषयका साथै बिम्स्टेक सम्मेलनबारे पनि छलफल भएको जनाइएको छ । इमेज खबरमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend