साझा नेटवर्क
काठमाडौं, भदौ १२ ।
अन्तराष्ट्रिय सस्था जर्मन एलाएन्सले सोलिडारिटी इन्टरनेशनलका संस्थापक तथा युवा समाजसेवी राजेन्द्र गौतमलाई चेन्जमेकर अवार्ड २०१८ प्रदान गरेको छ । पुनर्निर्माण र बालबालिकाको शिक्षाको क्षेत्रमा पुर्याएको योगदान स्वरुप गौतमलाई सम्मान प्रदान गरिएको एलाएन्सले जनाएको हो ।
चेलीबेटी बेचबिखन सम्बन्धी खोज तथा अनुसन्धानका निम्ती धनकुटामा रहेका कारण अन्तरास्ट्रिय युवा दिवस २०१८ को उपलक्ष्यमा १२ अगस्टमा काठमाडौंमा आयोजित सम्मान कर्यक्रममा उपस्थित हुन नसकेका गौतमलाई एलाएन्सले पून सम्मान गरेको हो ।
पूर्व आयोजित कार्यक्रममा एलाएन्सले बातावरणको क्षेत्रमा कार्यरत तारा रोका, युवा अधिकारकर्मी मनोज बिक, कृषिको क्षेत्रमा कार्यरत मिनु भुसाल र महिला अधिकारकर्मी बेली यादवलाई समेत सम्मान गरेको थियो ।
बिगत एक दशक देखी सामाजिक अभियानमा सकृय गौतमलाई नगद रु एक लाख र सम्मान पत्र प्रदान गरिएको हो । पुरस्कार स्वरुप प्राप्त सम्पूर्ण नगद भुकम्पबाट क्षेतीग्रस्त बिद्धालयको सम्रचना पुनर्निर्माणको निम्ती सहयोग गर्ने गौतमले घोषणा गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend