logo
  • आइतबार, असोज ११ २०८३

अर्घाखाँचीको पाणिनी बहुमुखी क्याम्पस आंगिक मान्यता प्राप्त


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अर्घाखाँची, भाद्र १२ ।
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा संचालित पाणिनि बहुमुखी क्याम्पस आंगिक मान्यता प्राप्त भएको छ । मध्य पश्चिम विश्व विद्यालयको काठमाडौंमा सम्पन्न आठौं साधारणसभा अर्थात सिनेट बैठकले अर्घाखाँचीको पाणिनि बहुमुखी क्यामपस सहित रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मी, सिद्धार्थ क्याम्पस कपिलवस्तु, शहीद नारायण प्रसाद रामापुर क्याम्पस रुपन्देही सहित १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पसको मान्यता दिएसंगै अर्घाखाँचीको शैक्षिक धरोहरको रुपमा स्थापित पाणिनि बहुमुखी क्यामपस आंगिक मान्यता प्राप्त भएको हो । १० वटा क्याम्पसलाई आंगिक मान्यता दिने निर्णय गरेको सिनेट बैठकले संंकायको विस्तार गर्ने र यसै बर्ष देखी कानुन र कृषि विषयमा संकाय सञ्चालन गर्ने नीतिगत नीति तथा कार्यक्रम समेत पारित गरेको विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले जानकारी दिनुभएको छ । विश्व विद्यालयले चालु आर्थिक वर्षका लागि १ अर्ब १६ करोड बराबरको बजेट पनि ल्याएको छ ।स्थानिय बुद्धिजिवी,शिक्षाप्रेमी र सरोकारवालाको अथक प्रयासपछि बि.सं.२०४५ सालमा स्थापना भइ उच्च शिक्षाको ज्योति छर्दै आएको पाणिनि बहुमुखी क्याम्पसले आंगिकको मान्यता पाएसंगै जिल्लावासीमा खुशियाली छाएको छ ।

पाणिनि बहुमुखी क्याम्पसले अहिले ब्याच्लर तर्फ मानविकी,शिक्षा शास्त्र र डिग्रीतर्फ ब्यबस्थापन संगै शिक्षा शास्त्र तर्फ इपिम,नेपाली र स्वास्थ्य शिक्षा को पठनपाठन संचालन गर्दै आएको छ ।

यस क्याम्पसका सबै तहमा गरि अहिले ७ सय जना विद्यार्थीले अध्ययन गरिरहेको प्रध्यापक दोर्ण प्रसाद भुसालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend