साझा नेटवर्क
काठमाडौं, भदौ ११ ।
राजधानीको बल्खुस्थित तरकारी बजारका अधिकांश पसलहरु अबैध रुपमा सञ्चालनमा रहेको पाइएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले सोमबार विहान गरेको अनुगमनमा बजारका अधिकांश पसल प्यानमा दर्ता नभएको खुलेको हो ।
अनुगमनको क्रममा अवरोध गर्न खोजेको भन्दै टोलीले व्यापारी रवि शाहलाई नियन्त्रणमा लिएको छ । साथै विभागले व्यापारीसँगै बल्खु तरकारी तथा फलफूल बजार कम्पनीका सञ्चालक मोहन बस्नेतलाई समेत छलफलका लागि बोलाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend