logo
  • आइतबार, असोज ११ २०८३

चिया बेचेर सिसावाला घर


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हिम शिखर, अर्घाखाँची भदौ ११।
उनलाई कहिल्यै भारत पस्ने रहर गरेनन् । उनलाई कहिल्यै पैसाको लागी विदेश जाने रहर पलाएन । आफ्नै गाँउ ठाउँमा बसेर केही गरेर देखाउने अठोट राखे र अन्त्यमा सफल बने ।

धुर्कोट गाँउपालीका १ साविक को नयाँगाउँ गाविस वडा नं १ माझाचौरमा जन्मेका विष्णु खत्री, जसले ३० वर्ष अगाडि छिमेकी जिल्ला अर्घाखाँचीको सानो बजार क्षेत्र खनदह (हालको मालारानी गाउँपालिका रहेका) त्यतिवेला न बजार थियो न त प्रयाप्त जनसंख्या, जनतन साझविहान हातमुख जोड्न एउटा छाप्रोमा चिया पसल राखेर बसे ।

पैदल आवत जावत गर्नेहरु को विश्राम स्थल थियो खनदह , चाहे गुल्मीतिर जाने हुन् वा अर्घाखाँची प्रायः सवै एकैछिन रोकिएर विश्राम लिन्थे अनि चियाको चुस्की लिएरै बस्थे । त्यति बेला त भरर्खर मात्र सदरमुकाम सन्धिखर्क देखी ट्रयाक्टर मात्र आउने गरेको थियो त्यहिपनि समान ढुवानी गर्न ।

यात्रुहरु त पैदल नै हिड्नु पर्दथ्यो । ती पैदल यात्रुबाटै चिया बाट सानो तिनो आम्दानी हुदै गयो । आफुहरु श्रीमान श्रीमती सँगै परिश्रम गरे । चिया सँगै भारतीय रिटायर लाहुरे रहेको गुल्मी हाडहाडेका मान्छेहरु पेन्सन बुझ्न जादा र फर्केर आउदा उनैको छाप्रोमा आश्रय लिन्थे र उनले नै खाना खुवाएर पठाउने गर्थे ।

सिजन को त्यही आम्दानी लाइ बचाएर राख्दै गरे । त्यो त केवल सिजन मा मात्र खाना बाट कमाइ हुन्थ्यो । वास्तवमा उनले चिया खाजा बाटै आयको स्रोत बन्यो र थोरै थोरै पैसा पनि बचाउदै लगे, त्यहीं जमीन किने  छोराको विहे गरिदिए ।

एउटा ट्रयाक्टर किने अनि सिसासित को घर भनाए । जसलाई एक सेट कोठामा आफु बस्ने बाँकी होटलको प्रयोगमा ल्याउने योजना बनाएका रहेछन् । खत्री दाई को नाम ले परिचित विष्णु खत्री सफल चियावाला नै हुन् । उनि धेरै जनाको प्रेरणास्रोत बनेका छन् ।

नेपालमा केही छैन भन्नेहरु, गाँउमा के नै हुन्छ र भन्नेहरु , गाँउका बस्तीहरु सुनसान पारेर मौलान पसेकाहरु र शहर झरेकाहरु लाई उनले देखाएरै छाडे , गरे गाँउ अथवा सानो क्षेत्रमा पनि सुनफलाउन अथवा पैसाको बोट उमार्न सकिन्छ भन्ने उदाहरण पेस गरेका छन् उनले ।

उनै चियावाला खत्री दाईको “सिसावाला घर” तस्वीरमा ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend