logo
  • आइतबार, असोज ११ २०८३

निर्मला हत्याका दोषीलाई कारबाहीको माग गर्दै अर्घाखाँचीमा प्रदर्शन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अर्घाखाँची, भदौ १० ।
निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषीलाई कारबाहीको माग गदै अर्घाखाँचीमा प्रदर्शन भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्क शान्ती बंगैचामा भेला भई अर्घाखाँचीबासीहरुले निर्मला पन्त लगायतका घटनामा बलात्कार र हत्या गर्ने अपराधीहरुलाई कारवाही गर्न माग गरेका छन् ।स्थानिय सामाजिक अभियन्ता शिव बेल्वासेको संयोजनमा भएको कार्यक्रमका सहभागीहरुले राज्य नै दोशीहरुलाई उम्काउने षड्यन्त्रमा लाग्नु निकै दुखद रहेको बताएका हुन् ।

दोशीको पहिचान गरि कारवाही गर्नुको साटो न्याय माग्दा गोली ठोकेर राज्यले अन्याय गरेको अर्घाखाँचीबासीहरुको ठहर रहेको छ ।

जस्टीस फर निर्मला लेखिएको ब्यानर सहित स्थानीयहरु आज साझ पाँच बजे सन्धिखर्कमा जम्मा भई प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend