logo
  • आइतबार, असोज ११ २०८३

बलात्कार गर्नेलाई कडा कारबाही गर्ने नेकपाको निर्णय


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, काठमाडौं ।
नेपालमा पछिल्लो चरणमा बढ्दै गरेको बलात्कार गर्ने जो सुकै भएपनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)पत्ता लगाउने र कडा कारबाहि गर्ने निर्णय गरेको छ ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारमा दोषीलाई कारबाहीको माग गर्दै सर्वसाधारण सडकमै उत्रीएपछि आन्दोलनले उग्ररुप लिएपछि भीमदत्तनगरमा अनिश्चित कालीन कफ्र्यु जारि गरेको छ । कडा भन्दा कडा कारबाही गर्ने दिशातिर गम्भीरता पूर्वक अघि बढ्ने निर्णय गरेको हो । कञ्चनपुरमा गोली चल्यो १ को मृत्यु, २ जना गम्भीर घाइते भएका छन् ।

आज प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सहभागी बैठकमा देशभर बलात्कार र हत्या हिंसाका घटना बढेर गएकोबारे छलफल भएको थियो । आजको बैठकले बलात्कारमा सलंग्न दोषीलाई कडा कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकको बारेमा जानकारी दिँदै नेकपाका नेता नारायणकाजी श्रेष्ठले भने,‘बलात्कारमा दोषी जो सुकै भए पनि पत्ता लगाउने र कडाभन्दा कडा कारबाही गर्ने दिशातिर गम्भीरतापूर्वक अघि बढ्ने बैठकको निष्कर्ष हो।’बलात्कार, हत्याहिंसाजस्ता विकृति बढ्न नदिन तथा घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सघाउन सबै पक्षलाई अपिल गर्न पनि आजको बैठकमार्फत आग्रह गरिएको उनको भनाई छ ।

साउन १० गते गृहकार्य गर्न साथीको घर गएकी निर्मलाको शव बलात्कारपछि हत्या गरेको अवस्थामा साउन ११ गते उखुबारीमा फेला परेको थियो। कञ्चनपुरमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा (कर्फ्यू) जारी छ। रासस


प्रकाशित मिति : ०९ भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend