logo
  • आइतबार, असोज ११ २०८३

बडिगाडमा जिप दुर्घटना ५ जना घाइते, ४ जना बागलुङ रिफर


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ भदौ ६ ।
बडिगाड गापा मध्यपहाडि लोकमार्ग अन्तर्गत वडिगाड गाउँपालिका वडा नं. २ सक्न्यारको फेंदीमा लु १ ज ९२३ नं. को जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

घाइते हरु मध्ये गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नं. २ का वर्ष ५० का गंगा वहादुर थापा, रुकुम जिल्ला उत्तरगंगा गाउँपाकिला ९ का वर्ष ३० को विवेचन वुढा मगर, बागलुङ जिल्ला ढोरपाटन नगरपालिका १ कि वर्ष ३२ कि व्रहमकुमारी प्रतिमा, गाडि चालक धादिड जिल्ला गंगाजमुना गाउँपालिका ४ का वर्ष २० का अर्जुन तामाङ लाई वडिगाड पोलिक्लिनीकमा प्राथमिक उपचार पछि अञ्चल अस्पताल बागलुङ पठाइएको प्रहरी नायव निरिक्षक लाल वहादुर चौधरीले जानकारी दिनुभएको छ। घटनामा सामान्य घाइते भएका वडिगाड गाउँपालीका ८ को गौरव श्रीस को अवस्था सामान्य रहेको प्रनानी चौधरीले जानकारी दिनुभएको छ। बागलुङ बाट वुर्तिवाङ तर्फ जाँदै गरेको सो जिप सडक वाट झण्डै १५० मिटर तल खसेको प्रहरीचौकी खर्वाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend