साझा नेटवर्क

काठमाडौं,भदौ ५ मंगलबार ।
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता असफल हुन नदिन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले संघीयता असफल भएमा प्रधानमन्त्री स्वयं असफल हुने भन्दै संघीयता कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।
झापा निवासी खड्गप्रसाद ओलीलाई संघीयता अनुउपयुक्त भए पनि प्रधानमन्त्रीलाई नभएको उनको टिप्पणी थियो । संसद् बैठकलाई सम्बोधन गर्दै नेता थापाले भने, “प्रधामन्त्रीज्यूलाई आग्रह गर्छु, प्रदेश सभा डुलेर उपदेश दिन छाड्नुहोस्, अन्र्वार्तामा रमाइलो र रोइलो पनि छाड्नुहोस्, गर्नुपर्ने काम गर्नुहोस् । संघीयता असफल प्रधानमन्त्री सफल बन्नुहुन्न । संघीयताको असफलतासँगै प्रधानमन्त्रीको पनि असफलता हुन्छ । प्रधानमन्त्रीज्यूले यत्ति बुझिदिए पुग्छ ।”
उनले प्रधानमन्त्री ओलीको व्यक्तिगत संघीयता अन्योलताले संघीयता प्रणालीको भविष्यमा नै अन्योलता सिर्जना गरेको आरोपसमेत लगाए । नेता थापाले कर सम्बन्धी नियम त्रूटी र कमजोरी रहेको दावीसमेत गरे ।
“संविधानले प्राकृतिक स्रोत तथा वित्तिय आयोगको व्यवस्था गरेको छ । यो आयोगमा नियुक्ति किन नगरेको ? राजनीतिक नेतृत्व नदिइ ऐन बनाउँदा हामीले कमजोर ऐन बनाएका छौं । सरकारले तत्काल आयोगमा नियुक्ति गरेर अन्योलता हटाउनुपर्छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय क्षेत्रको कुनकुन क्षेत्रमा कर लगाउने निर्धारण गरेको छ । तर, यसको नियामावली खोइ ? नियामवली मात्र भएको भए अहिलेको थुप्रै समस्या आउँदैनथ्यो । कर केमा लगाउने ऐनले भन्थ्योे, कसरी लगाउने नियमले भन्थ्यो,” उनले भने ।
उनले अगाडि भने, “यसको जिम्मेवारी सम्हालेर बस्नुभएको मन्त्रीजी दिनमा दुईपटक कर्मचारीलाई उपदेश दिनुहुन्छ । प्रधानमन्त्रीजी उहाँलाई कहिले नियावली खोइ भनेर सोध्नु भएको छ ? जसले सबैभन्दा बढी राजस्व उठाउँछ, ऊ नै सफल अर्थमन्त्री, जसले सबैभन्दा बढी बाँड्छ त्यो सफल अर्थमन्त्री । सफलताको यस्तो मानक केन्द्रीय सरकारले बनाएर यही मानकलाई पछ्याउनुपर्छ भनेपछि स्थानीय सरकारले के गर्छ ?”
बार्हखरी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend