logo
  • शनिबार, असोज १० २०८३

अखिल र अखिल क्रान्तिकारीको संयुक्त बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल , गुल्मी भदौ ०३।
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) रेसुङ्गा बहुमुखी क्याम्पस कमिटीको संयुक्त बैठक सम्पन्न भएको छ ।

बैठकले क्याम्पसमा कक्षा ११ का अवआगन्तुक विद्यार्थीहरुको लागि भदौ ८ गते स्वागत कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यस्तै सोहि दिन नै क्याम्पसमा अध्ययनरत सबै विद्यार्थीको साथ दर खाने कार्यक्रम राख्ने पनि निर्णय गरेको छ ।

जसका लागि उसले अनेरास्ववियु क्रान्तिकारी क्याम्पस कमिटी अध्यक्ष हुमाकान्त पोखरेलको संयोजकत्वमा चार सदस्यिय आर्थिक समितिको गठन गरेको छ । भने अनेरास्ववियु क्याम्पस कमिटी सचिव रमेश भण्डारीको संयोजकत्वमा दुवै संगठनका क्याम्पस कमिटी सदस्यहरु सदस्य रहने गरी ब्यवस्थापन समितिको गठन गरेको छ ।

पार्टी एकता भई नेकपा भएपछि औपचारिक रुपले पहिलो पटक बसेको दुई संगठनको संयुक्त बैठकले क्याम्पसमा विद्यार्थीलाई आइपर्ने हरेक समस्यालाई सागंठनिक रुपले समाधान गर्न पहल गर्ने, संगठनलाई चुस्त–दुरुस्त राख्न विभिन्न कार्यक्रमहरु गर्ने लगायतका निर्णयहरु पनि गरको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पनि संयुक्त प्यानल बनाएर निर्वाचनमा होमिएका अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी रेसुङ्गा बहुमुखी क्याम्पस कमिटीले क्याम्पसका एजेण्डामाथि पनि साझा धारण बनाउदै आएको छ ।

साविकको नेकपा एमाले र साविकको नेकपा माओवादी केन्द्रको चुनावी तालमेलपछि पनि दुई संगठनले नेपालमै पहिलोपटक संयुक्त कार्यक्रमको आयोजना गरि स्नातक प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत गरेको अनेरास्ववियु क्रान्तिकारी क्याम्पस कमिटी सदस्य विष्णुमाया कुँवरले जानकारी दिइन् ।

बैठक अनेरास्ववियु रेसुङ्गा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष बिमल छन्तेल र अनेरास्ववियु क्रान्तिकारी रेसुङ्गा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष हुमाकान्त पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

त्यस्तै बैठकमा स्ववियु अध्यक्ष श्रीराम महतको प्रमुख आतिथ्यता, सहसचिव दशरथ पाण्डेको विशेष आतिथ्यता तथा अनेरास्ववियु क्याम्पस कमिटी सचिव रमेश भण्डारीको सहजिकरण रहेको थियो ।


प्रकाशित मिति ०३ भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend