साझा नेटवर्क
हिम शिखर , गुल्मी भदौ ३ ।
हुनत मित्रता र प्रेम एकअर्का का परिपुरक नै हुन् । प्रेम नभइ मित्रता हुँदैन अथवा मित्रता मा अदृश्य प्रेम लुकेको हुन्छ । प्रेम र मित्रतालाई फरक फरक व्यक्तिले फरक फरक तरिकाले परिभाषित गर्ने गर्छन । हाम्रो समाज ले केटा केटा वा केटि विच हुने साथियता लाई मित्रता भन्छ भने केटा र केटि बिच हुने मित्रवत सम्बन्ध लाई प्रेम (Love) भनेर मान्द्छ । चाहे त्यो पवित्र होस् वा अपवित्र ।
पछिल्लो समयमा महिलाहरु विशेषगरी युवतीहरु माथी पुरुषहरूको अत्यचार बढीरहेको छ । पुरुषहरु प्रायः झुटा प्रेमको नाटक गरेर युवतिहरूलाई शारीरिक ,मानिसिक तथा यौनशोषण गरिरहेका छन । यस्तो अवस्थामा केटा र केटि बिच मित्रता हुन्छ भनेर पत्याउन गाह्रो छ । तर हरेक व्यक्ति त्यस्ता हुदैनन् । एउटा केटा र केटि बिच पनि पवित्र तथा घनिष्ठ मित्रता हुन सक्छ भन्ने उदाहरण पेस गर्ने यो लेख को आसय रहेको छ ।
आफ्नै जीवन् यात्रा को क्रममा भेटिकी एउटि नेपाली भाषी भारतीय युवती जो सँग २००८ मइ २० गते भारत को रास्टिय राजधानी क्षेत्र नोएडा को कर्पोरेट कार्यलय रहेको मेस मा भएको थियोे । म सेवाक्षेत्रमा कार्यरत थिए उनि लगायत १६०० भन्दा बढी ग्राहक थिए हाम्रो कम्पनी का ।
एकदिन म फ्रन्ट अफिस मा थिए त्यतिकैमा दुई जना मंगोलियन अनुहार का केटाकेटी अगाडि उभिएर आफस मा सोध्दै थिए , केटिले केटालाई सोधी ” भन न प्रेम तिमी के खान्छौं ? केटाले उतर दियो ” जे भएपनी मगाउन हल्का खाउँला ” अनि मैले सोधेँ ” के खानुहुन्छ तपाईंहरु ? त्यतिकैमा केटिले मलाइ सोधी ” तपाईं लाई नेपाली बोल्न आउँछ ? अनि मैले उत्तर दिए ” म नेपाली नै हो , तपाईंहरु कहाँ देखि नि ? केटिले उतरदिई ” हामि दार्जिलिङ देखि ” अनि उनिहरुले दुईवटा बर्गर र दुइकप चिया अडर गरे अनि क्याफेटेरिया मा बसेर गन्थन गर्न थाले ।
त्यसदिन देखि हाम्रो नियमित भेटहुन थाल्यो । उनि सेकेन्ड फ्लोर मा काम गर्थिन , म ग्राउन्डफ्लोर मा उनी software engineer थिइन , म कम्प्युटर अप्रेटर ।
उनी बहुराष्ट्रिय कम्पनी (samsung India electronic ltd) मा कार्यरत थिइन् , म दिल्ली कै नामि होटल , रेस्टो, अथवा कर्पोरेट caterer मा कार्यरत । हामीले काम गर्ने भवन अत्यन्तै आकर्षक थियो । एघार तले चार वटा टावर रहेका थिए । जस्मा करिब डे र नाइट गरी छ हजार कर्मचारी कार्यरत थिए । जस्मा प्रायः सबै आइटि कम्पनीहरु थिए । ION Trading , Pitneybowes mapinfo, HCL, Samsung India software ltd. , samsung Heavy Industry , Barklays Bank (BPO) र अन्य care र fastfood चेनहरु विभिन्न व्यक्तिहरु सँगको दैनिक भेटघाट र अतर्कृया आनन्दको थियो ।
समग्रमा त्यहाँको बसाइ अत्यन्तै अविस्मरणीय थियो नै अझ उनीसँगको आत्मीयता बेग्लै थियो । उनी मेसमा आउँदा ग्रुपमा आउथिन अरु केटिहरु सँगै , सबै हिन्दीमा कुरा गर्थे तर उनी नेपालीमा कुरागर्थिन त्यसकारण पनि हाम्रो भावनात्मक सामिप्यता बढी थियो । हाम्रो भाषा , संस्कृती र परम्परा एउटै थियो अलग थियो त केबल नेस्नालिटि ।
इतिहासको कुनैकाल खण्डमा दार्जिलिङ नेपाल बाट अलगिए पछि उनका पुर्खा सगैँ उनी पनि भारतिय नागरिक बन्न पुगिछिन । सन २००९ को मध्यतिर उनलाई कम्पनीले कम्पनीले Foreign Tour मा पठायो कोरिया , त्यहाँ बाट उनी ३ महिना पछि फर्किन , फर्किदा उपहार को रुपमा क्याड्बरी र फाइवस्टार चक्लेट ल्याइदिकि थिइन् ।
जो मेरालागि सरपराइज नै थियो । म आफै लाई प्रस्न गरे यतिकाधेरै भिडमा मलाई मात्रै चक्लेट रु सायद नेपाली भएकै कारण उनि म देखि अलिक नजिक थिइन् । अरु कुनै स्वार्थ भएजस्तो मलाइ लागेन । म आफैले पनि कुनै कुदृष्टि लगाइन , साथीकै रूपमा हेरेँ । दिनहरु वित्दै गए , सन २०११ अक्टोबर मा उनी कम्पनी कै निर्देशनमा लण्डन गइन ।
त्यतिबेला फेसबुक म्यासेन्जर व्यापक भैसकेको थिएन तसर्थ हामीहरुको याहुमेल मार्फत सम्बाद जारी रह्यो । सोही वर्षको नोभेम्बर ११ दिन मेरो कम्पनीले मलाइ बढुवा सहित सरुवा गरिदियो दिल्ली , म शाखा प्रबन्धक भए । एकतर्फ म आफै सफल भएकोमा खुशी थिए भने अर्को तर्फ पुरानो कार्यलय जसमा म अधिक खुशी थिएँ , त्यहाँ काम सँगै Enjoyment पनि थियो । तीन वर्ष सम्म आइ टि कम्पनी का कर्मचारी सँग को नियमित भेटघाट र सम्बाद बाट धेरै कुरा सिक्न पाएको थिए । अझ उनी सँग विताएका ती सुन्दर पलहरु र उनी बाट टाढा हुनुपर्ने भएकाले अलि दुखित महसुस गरेँ ।
अर्कोतिर नयाँ क्षेत्र र नयाँ कार्यभार मौका मिलेको हुँदा प्रफुल्ल भएको थिए । ४० दिनको लण्डन बसाइ पछि उनी फर्किन । दिल्ली पुगेर मलाइ फोन गरेर बधाई दिइन “Congratulation ! है म्यानेजर बनेको खबर पाएर अत्यन्तै खुशी भएँ म , You really deserved it.” मैले धन्यवाद दिए उनलाई किनकि She was a first person (girl) to congratulating me. समय वित्दै गयो । सबै ठिक ठाक चल्दै थियो । दिल्ली को बिद्धुत वितरण कम्पनी यामुना पावर लिमिटेड मा हाम्रो कम्पनी ले सर्विस दिईरहेको थियो , तीन वर्षको Agreement रहेको सो कम्पनी विविध कारणले गर्दा २.५ वर्ष मै Contract छुट्न पुग्यो । अब मेरो सरुवा निश्चित भैसकेको थियो । अनि मैले फरक सोच बनाएँ ।
मेरो कम्पनी १० वर्षमा २५ शाखा बाट ९० शाखा बनाउन सफल भयो तर मेरो जीवन स्तरमा मा कुनै फरकपना आएन । आखिर जागिर बाट सामान्य जिविका बाहेक केही गर्न नसकिदो रहेछ भन्ठानेर आफ्नै व्यावसाय (fast food ) खोलेँ तर प्रतिस्पर्धात्मक बजार र स्टाफ को असह्योग र आर्थिक व्याकअप नभए पछि व्यावसाय बन्द गर्न बाध्यभएँ । अब म बेरोजगार भएँ ,व्यावसाय बाट घाटा भएपछि अलि बढी तनावमा भएँ । मेरो उनी सँग को मित्रवत सम्बन्ध कायम थियोे ।
उनी बेला बेला सोध्ने गर्थिन व्यावसायिक अबस्था बारे तर व्यावसाय बन्द भएपछी मेरो रातको निद्रा र दिनको भोक हराइसकेको थियो । म डिप्रेसन म जान लागेको थिए । आर्थिक संकट हुन लागेपछि मेरा सम्पुर्ण बाटाहरु ब्लक भए जस्तो लाग्न थालेको थियो । मेरो समस्या उनलाइ सुनाउथे बेला बेला ।(I have spent lots of sleepless night at that time ) म तनावग्रस्त भएको देखेर सम्झाउथिन “Please हरेस नखानुस, , life is all about full of struggle हामीसबैले जीवन को कुनै मोडमा उतारचडाव फेस गर्नु नै पर्छ , तपाईं त केटा मान्छे हिम्मत हार्नु हुन्न Be strong , म त केटी मान्छे , प्रत्येक पाइलामा चुनौती भोगिरहेकि हुन्छु, तर म हिम्मत हारदिन कहिल्यै।”
हो हुन पनि उनी प्रतिभाशाली सँगै साहसी पनि थिइनँ , उनलाई जीवन र जगतबारे राम्रो अनुभव थियो , प्रेम र मित्रता प्रती सन्तुलन राख्न सक्थिन , उनको सहानुभूति र हौसला कै कारण म आफ्नो जीवनको कठिन अवस्था अथवा भनौं उकुसमुकुस बाट बाहिरिन सफल भएँ । हामी एकअर्का लाई असाध्यै सम्मान गरथ्यौं , हजुर तपाइ भनेर पुकारथ्यौं तर नाम ले कहिल्यै बोलाएनौं एकअर्कालाई हामी जहिले गफिदा पनि करियर ,जीवन र जगत बारे कुरा हुन्थे । प्रेम र विवाह बारे कुरा हुन्थे तर एउटा सिमा भित्र रहेर ।
म एउटा केटा मान्छे ,चाहेको भए आफ्नो क्षणिक स्वार्थको लागि मायाजाल मा फसाउन सक्थेहोला तर म नारी अस्मिता र जीवन माथी खेलवाड गर्नु हुन्न भन्ने मा किलियर थिएँ । एउटा असल मित्रताको परिचय दिन चाहन्थे । उनि सधै भन्ने गर्थिन तपाई जस्तो Friend पाउन गाह्रो छ ,सभ्य , सालिन र ईमानदार ।
यदि मैले थोरै गल्ती गरेको भए दश वर्ष सम्म टिकेको यो मित्रता उतिबेला नै नै टुंगिन्थ्यो र एउटा चरित्रवान युवतीमाथी अन्याय त हुन्थ्यो नै अझ उसको नजरबाट सदाको लागि घटिया बन्थे । एक दशक भन्दा बढीको प्रवास बसाइ पश्चात् मैले नेपाल फर्कने निर्णय गरेँ देश र समाज लाई थोरै भएपनी योगदान पुर्याउन र बाँकी समय बाबा आमा र परिवार सँगै विताउन ।
नेपाल फर्कने जानकारी गराउदा उनी निकै भावुक बनिन । अनि भनिन ” तपाईं जाने खबरले दुखी छु किनकि एउटा असल मित्र सँग विछोड हुँदैछ । अर्को तर्फ खुशी छु किनकि तपाई आफ्नो देश फर्किदै हुनुहुन्छ , आफ्नो परिवार सँग पुनःमिलन हुँदैछ । समय मिल्दा सम्झिनु होला ” That’s what I wish to expect from You.” म फर्के , एक दशक लामो मित्रता सँग विछोडिदै, असल मित्रताको परिचय दिँदै ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend