साझा नेटवर्क
अनिल खत्री ,गुल्मी साउन ३१।
गुल्मीमा आर्थिक वर्ष ०७४/०७५ मा राहदानीको लागि ५ हजार ८ सय ३४ जनाले फारम भरेका थिए ।
जसमध्ये ४ हजार १ सय २५ जनाले जिल्लाबाट र १ हजार ९ सय ५७ जनाले काठमाण्डौबाट राहदानी लिएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
जिल्लामा राहदानीबाट मात्रै गत आर्थिक वर्षमा २ करोड ४६ लाख ७ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्ष ०७३/०७४मा ४ हजार ८ सय ५३ जनाले फारम भरेका थिए। जसमध्ये ५ हजार ४ सय ४२ जनाले जिल्लाबाट २ हजार ३७ जनाले काठमाण्डौबाट राहदानी लिएका छन् अघिल्लो आर्थिक वर्षमा २ करोड ४९ लाख ८५ हजार राजस्व संकलन भएको थियो । गत वर्षको तुलनामा गएको आर्थिक वर्षमा राहदानी लिनेको संख्य र राजस्वमा भने कमी आएको छ ।
जिल्लाबाट एक वर्षमा १८ हजार ३ सय ६१ जनाले नागरिकता बनाएका छन् । नावालक परिचय पत्रका लागि ४ सय ३१ जनाले सिफारिस लिएको शाखा अधिकृत पाण्डेले बताए। पेन्सनको लागि ५ हजार एक सय १३ जना भुतपूर्व सैनिकले सिफारिस लिएका छन् । १ हजार ७ सय ५५ जनाले विविध सिफारिस लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ।
आर्थिक वर्ष ०७४/०७५ मा जिल्ला प्रशासन कार्यालयमा १ सय ५२ वटा ठाडो उजुरी तथा मुद्धा परेका थिए। जिल्ला प्रशासन कार्यालयले ४ सय ११ वटा पसलमा अनुगमन र २२ वटा कार्यालयमा निरीक्षण गरेको जनाएको छ । गत बर्ष ३७ वटा नयाँ संस्था दर्ता भएका छन् भने १ सय ६१ संस्था नविकरण भएको प्रशासकिय अधिकृत पाण्डेयले बताए ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले दैवि प्रकोप पीडितका लागि दश लाख ५३ हजार सात सय राहत वितरण गरेको छ। कार्यालयले गत बर्ष विभिन्न शिर्षकमा कुल दुई करोड ५१ लाख ६१ हजार दुई सय ५६ राजस्व संकलन गरेका जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend