साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं ।
बुटवलमा भूतपूर्व भारतीय सैनिकहरूले पेन्सन बुझ्ने गरेको इन्डियन पेन्सन क्याम्पलाई लक्षित गरीआइतबार राति बम बिस्फोट गराइएको छ।
बुटबल प्रहरीका अनुसार बुटवल नगरपालिका–२ स्थित क्याम्पमा राति साढे ९ बजे बम बिस्फोट गराइएको हो।
बिस्फोट ट्वाइलेटमा गराइएको र सामान्य क्षति भएको प्रहरीले जनाएको छ। बिस्फोटबाट ट्वाइलेटको ढोका भत्किएको र पर्खाल चर्चिएको जानकारी आएको प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेलले बताए। ‘घटनास्थलतर्फ हामी जाँदैछौं,’ उनले भने, ‘विस्तृत रिपोर्ट आउन बाँकी छ।’रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend