logo
  • आइतबार, असोज ११ २०८३

मानव बेचविखनविरुद्धको दिवस मनाउन निर्देशन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

काठमाडौं , साउन २८।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहले राष्ट्रिय मानव बेचविखन तथा ओसारपसार विरुद्धको १२ औँ राष्ट्रिय दिवस मनाउन निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहबाट नै मानव बेचविखन तथा ओसारपसारमा सचेतना अपनाउन आगामी भदौ २० गते दिवस मनाउन लागिएको बताउनुयो ।

मनाउन लागिएको दिवसको आदर्श वाक्य ‘सङ्घीयताको महत्वपूर्ण सार : मानव बेचबिखन अन्त्यका लागि जिम्मेवार र सहकार्यसहित गराँै खबरदार’ चयन गरिएको छ । मन्त्रालयले दिवस स्थानीय तहलाई मानव बेचविखन तथा ओसारपसार जस्तो जघन्य अपराध नियन्त्रण गर्नका लागि सहयोग पुगोस् भन्नका लागि सचेतनामूलक र रोकथाम जस्ता कार्यक्रम तथा पीडित र प्रभावितका उद्धारमा केन्द्रित भएर मनाउन निर्देशन दिइएको उहाँले जानकारी गराउनुभयो ।नेपालमा अशिक्षा, गरिबीको कारणले दैनिक रुपमा मानव बेचविखन तथा ओसारपसार हुने गरेको पाइएको छ ।

नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनअन्तर्गतको यौन शोषणका लागि महिला तथा बालबालिका बेचविखन रोकथाम तथा न्यूनीकरण गर्ने महासन्धिलाई अनुमोदन गरेका दिनको सम्झनामा भदौ २० गते उक्त दिवस मनाउन थालिएको छ ।
रासस


प्रकाशित मिति : २८ साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend