logo
  • आइतबार, असोज ११ २०८३

जिल्ला प्रहरी कार्यालय गुल्मीद्वारा २१ सय ७५ लिटर घरेलु मदिरा नष्ट


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल , गुल्मी साउन २६ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले घरेलु मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिएको छ ।सोहि अभियान अन्तरगत शनिबार रेसुङ्गा नगरपालिकाका विभिन्न स्थानबाट ठुलो परिणामको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले जानकारी दिए ।रेसुङ्गा नगरपालिका ८ को बुढाथोकी बसपार्क, वडा नं २ को अर्घाखाँची जीपपार्क, उदिनढुङ्गाबाट एक सय १० लिटर उत्पादित तयारी मदिरा, एक हजार ६० लिटर कच्चा पदार्थ, मदिरा बनाउन प्रयोग गरिने मर्चा ३० किलो, सामग्री पैनी सात थान, पलाष्ट्रिक ड्रम ४० थान, पलाष्ट्रिक ग्यालिन १७ थान र माटाको हाँडी तीन थान बरामद गरिएको प्रहरी उपरिक्षक बस्नेतले बताए । साथै जिल्लाको मदाने गाउँपालिका ६ को पुर्कोटदहका विभिन्न स्थान एृक हजार लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र पाँच लिटर उत्पादित तयारी घरेलु मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक रोशन खड्काले बताए ।बरामद गरिएको मदिराको कच्चा पदार्थ दुई हजार ६० लिटर र एक सय १५ लिटर उत्पादित तयारी मदिरा शनिबार तम्घासको डम्पिङ्ग साइडमा लगेर नष्ट गरिएको प्रहरी नायव उपरिक्षक खड्काले बताए । अघिल्लो महिनामा पनि सिमीचौरबाट ३० लिटर तयारी अवस्थामा रहेको घरेलु मदिरा र ८० लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र बहादुर खड्काले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख समेत रहेका प्रहरी उपरिक्षक बस्नेतले भर्खरै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको बार्षिक कार्ययोजनामा समेत घरेलु मदिरा नियन्त्रण गर्ने नीति रहेको र सामाजिक अपराध तथा घरेलु हिंसाको प्रमुख कारण घरेलु मदिरा भएकाले अभियानलाई निरन्तर अगाडी बढाउने बताए । ‘कहिँ कतै घरेलु अवैध मदिरा उत्पादनलाई जिविकोपार्जनसंग जोडेर टिप्पणी गर्ने गरिन्छ, त्यो नक्कली कुरा हो,’ उनले भने,‘ यसको उत्पादन, सेवन र बिक्री वितरणले समाजमा पारेको प्रभाव डर लाग्दो छ ।’ उनले प्रहरीले केहि समय देखाउने मात्रै नभएर स्थानीय तहसंगको सहकार्यमा सवै टोलमा यो अभियान पु¥याउने बताए ।

प्रहरीले केहि समय अघिदेखि गाँजा फडानी अभियानलाई पनि अगाडी बढाएको छ । जस अन्तरगत जिल्लाका विभिन्न स्थानबाट करिव साढे ३१ क्विन्टल गाँजा फडानी गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक शिव बहादुर खत्रीले बताए । पहिलो चरणमा २२ क्विन्टल र दोस्रो चरणमा साढे नौ क्विन्टल गाँजा बरामद गरि नष्ट गरिएको खत्रीले बताए । जिल्लाको रेसुङ्गा नगरपालिका र सत्यवति गाउँपालिकाका विभिन्न स्थानबाट गाँजा बरामद गरिएको थियो ।


प्रकाशित मिति: २६ साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend