logo
  • शुक्रबार, असोज ९ २०८३

गायिका देविका केसीको तीज कोसेली “यो तीजैको गीतैले” बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क ।
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा कलाकार तथा गितकारहरुलाई तिजको चटारोले भ्याई नभ्याई छ । यतिबेला प्राय: कलाकारहरुले तिज पर्वलाई मध्यनजर गर्दै गित निकाल्ने गरेका छन् ।यस्तै भीडमा गायिका देविका केसीले विगतका वर्षहरुमा झै यसवर्ष पनि तिजको कोसेली बजारमा ल्याएकी छिन् । तीजको रौनक बढ्दै जाँदा देविकाले यसवर्ष “यो तीजैको गीतैले” बोलको तिज गीत सार्वजनिक गरेकी हुन् ।

हरेक वर्ष सामाजिक सन्देश दिने गीत ल्याउने केसीले यसवर्ष पनि सन्देश बोकेको गीत बजारमा ल्याएकी हुन् । लामो समयदेखि दोहोरी क्षेत्रको गायनमा व्यस्त केसीलाई गायक रितकुमार श्रेष्ठले साथ दिएका छन् । गीतमा जीवन बिसीको लय तथा शब्द रहेको छ ।

ईश्वर थापाको निर्देशन र सम्पादन रहेको भिडियोमा रोशन, बाबु, आस्था रुपा लगायतले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend