logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु, ६० समुहको सहभागिता


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल , गुल्मी साउन २४।
गुल्मीमा खुल्ला ब्याडमिटन प्रतियोगिता सुरु भएको छ। जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा विरभद्र जंग गुल्मीका सेनानी जनमत कार्कीको आर्थिक सहयोगमा गुल्मीमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।

सेनानी कार्कीले आफ्ना स्वर्गिय पिता डम्बर बहादुर कार्कीको स्मृतिमा ‘डम्बर स्मृति जिल्लास्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता’ को लागि सहयोग गरेका हुन् । आफू जहाँ जन्मेपनि गुल्मीलाई कार्यक्षेत्र बनाएपछि र यहाँका युवाहरुमा ब्याडमिनटनप्रति आकर्षण देखेपछि बुबाको स्मृतिमा प्रतियोगिता गर्न लागेको सेनानी कार्कीको भनाई छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले आफूलाई जन्म दिने बुबाको स्मृतिमा जुनसुकै कार्यक्रम गर्नु सभ्य र इमानदार सन्तानको परिचय दिनु भएको बताए । त्यसका साथै उनले प्रशासनको तर्फबाट हुने सबै सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । प्रतियोगिता २४, २५ र २६ गते गरी तिन दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा ६० समुह दर्ता भएका छन् । जसमध्ये ‘ए प्लस’, ‘ए’, ‘बि’, ‘सि’ र ‘भेटरान’ गरी पाचँवटा क्याटागोरीमा खेलाडीहरुलाई नगद, ट्रफि तथा प्रमाणपत्रले सम्मान गरिने कार्यक्रम रहेको छ । कार्यक्रमको संचालन पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले गरेका थिए ।


प्रकाशित मिति : २४ साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend