logo
  • आइतबार, असोज ११ २०८३

पक्की पुल नबन्दा सवारी साधन आवतजावतमा कठिनाई


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

चोम बिष्ट, रोल्पा साउन २६।
रोल्पा सुनिल स्मृति गाउँपालिका ७ तेबाङ र लुङग्री गाउँपालिका ३ सिर्प जुदुङखोलामा  पक्की पुल निर्माण नहुदा मौसम परिवर्तन संगै वर्षायाममा आवतजावत गर्ने सवारी साधनलाई कठिनाइ  भएको छ।सवारी साधन आवातजावत गर्न सफा मौसमको समयमा चल्ने साथै बर्षादको समयमा खोलाको बाटो पाहार गर्ने क्रममा पानीको मात्रै धेरै भएपछि चालकलाई धेरै समस्या र गाडी  फस्ने  पानी परेपछि खोलाको बहाव बढेपछि गाडी आवतजावत गर्न कठिन हुने गाडी चालकले बताए।मोटर बाटो २०६४ सालमा बनेको भएयता पनि १० वर्ष बितिसक्दा पनि उक्त ठाउँमा पक्की पुल अझैसम्म नबन्दा वर्षायाम लागेपछि खोलाको बहाव बढे संगै गाडी आवातजावत गर्न नसक्दा हालको सुनिल स्मृति ७ तेवाङ र लुङग्री ३ जुदुङखोला साथै छिमेकी जिल्ला प्युठानका स्थानीयले दुख झेल्नु परेको छ । सरोकारवाला सम्बन्धित निकाय सम्म पटक पटक ध्यानाकर्षण गराउदा पनि कुनै चासो समेत नदिइएको तेबाङ वडाका अध्यक्ष मानसिङ पुनले साझा नेटवर्कलाई बताए।७ नम्बर वडा गाउँपालिका केन्द्र सुलिचौर देखी तेबाङ सम्मको ११ किलोमीटर रहेको उक्त  गाउँको कुल ६५० घरधुरीले मोटरबाटो उपयोग गरेका छन। साबिकको सबै वडामा मोटरबाटो पुगिसकेको भए पनि मोटरबाटोको स्थर उन्नतिमा वृद्धि नहुदा ठाउँ ठाउँमा खाल्डाखुल्डी हुदा बाटोमा कतैपनी होम पाइप नराखीएको हुदा वर्षायाममा गाडी चालकले जोखिमपूर्ण आवतजावत गर्नु पर्ने  बताए ।सडक प्युठान जिल्ला सँग पनि जोडिएकोले गर्दा प्युठानको नौ बहिनी गाउँपालिका ८ मैनामारे र प्युठान नगरपालिकाको जुम्री काडा चेन्जा गाउँ समेतका बासिन्दाहरुले  मोटरबाटो उपयोग गर्दै आइरहेका छन्  प्युठान बाग्दुला सम्मको रिङ रोड जोडे झनै स्थानीय बासीलाइ सुबिधा हुने समेत बताउदै यस जुदुङखोलाका ५२० घरधुरी र प्युठान चेन्जाका ३० घरधुरी लाभान्वित भएको लुङग्री ३ सिर्प जुदुङखोलाका वडा अध्यक्ष निम बहादुर खड्काले बताए ।


प्रकाशित मिति  :२६ साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend