logo
  • शनिबार, असोज १० २०८३

हत्या,बलात्कारविरुद्ध माइतीघरमा प्रदर्शन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३


काठमाडौं,साउन २३। बढ्दो बलात्कार र हत्यासहित हिंसाका घटनाविरुद्ध माइतीघर मण्डलामा महिलाहरुले प्रदर्शन गरेका छन् ।

राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाईमा मंगलबार महिलामाथि भइरहेको श्रृंखलाबद्ध बलात्कार, हिंसा र हत्याविरुद्ध माइतीघरमा विरोध र्याली निकालिएको हो ।

प्रदर्शनकारीले ‘बलात्कारीलाई कारवाही गर, नारी अस्मिताको रक्षा गर, महिलाविरुद्ध हुने सम्पूर्ण हिंसा अन्त्य गर, श्रृंखलाबद्ध रुपमा भइरहेका महिला हत्या अन्त्य गर, विभिन्न स्थानमा भएको बलात्कारसहितका हत्याका अपराधीलाई कडा भन्दा कडा कारवाही गर, संविधानमा लेखिएका महिला हक सम्बन्धी अधिकारहरुलाई तुरुन्त ऐन बनाई कार्यान्वयन गर, बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका छात्राहरुको चरित्र हत्या हुनेगरी वक्तव्य दिनेहरुलाई कारवाही गर’ जस्ता नारा लगाएका थिए ।

उनीहरुले सरकारसमक्ष अपराधीहरुपत्ता लगाई समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend