logo
  • आइतबार, असोज ११ २०८३

चितवन प्लस टु अफ द ईयर २०१८ को ट्यालेन्ट राउण्ड सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सुर्य चन्द , साउन २२ काठमाडौं।
चितवन : टप वान मिडिया प्रालि चितवनको आयोजनामा तथा इन्स्पायर एजुकेसन एकेडेमीको प्रायोजनमा “चितवन प्लस टु अफ द ईयर २०१८” को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ भने ग्राण्ड फिनाले भाद्र पहिलो हप्तामा हुने भएको छ ।उक्त प्रतियोगितामा जम्मा ८ जना प्रतिश्प्रधिहरुले प्रतिश्प्रधा गर्दैछन जसमा ज्योति खड्काथोकि, राजेश सुनार, कुमारी भुजेल, बिनिता पाठक, बिमल अमगाई, सम्पदा अमगाई,अनु दराई र गीता शर्मा रहेको आयोजक सस्था निर्देशक सरिता आचार्यले बताएकी छिन् प्रतिश्प्रधिहरुले ट्यालेन्ट राउन्डमा आफु संग भएको आफ्नो आफ्नो क्षमता प्रदर्शन गरेका थिए । यस सौन्दर्य प्रतियोगितामा भबिष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको टप वान मिडिया प्रालिको प्रबन्ध निर्देशक रब्स सापकोटा बताउछन ।

यस प्रतियोगिताको बिजेताले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने  सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिदैछ जसमा ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण गराइएको जानकारी आयोजक रब्स सापकोटाले गराएका छन्।


प्रकाशित मिति : २२ साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend