साझा नेटवर्क
साझा नेटवर्क ,अर्घाखाँची साउन २२।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ४ कोटफेरामा सोमबार राति जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ।
सन्धिखर्कबाट जिल्ला कै मथुराबेशीको लागि छुटेको लु १ ज १७७० नम्बरको यात्रुबाहक जिप दुर्घटना हुँदा अर्घाखाँची सन्धिखर्क नगरपालीका वडा नम्बर ४ कोटफेराका ३६ वर्षीय जिप चालक सन्तोष भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ।
सन्धिखर्कबाट हिँडेको जिप मथुराबेसीमा यात्रुलाई पुर्याएर आफ्नो घरतर्फ फर्कने क्रममा सन्धिखर्क तम्घासको मुल सडक हटिया कोटफेराको भित्री सडकबाट करिब ५० मिटर तल बारीमा खसेर दुर्घटना भएको हो । शवलाई अहिले जिल्ला अस्पताल सन्धिखर्कमा पोष्टमार्टमका लागि ल्याइएको छ। मृतक भुसालकी श्रीमती र २ छोरी रहेका छन्।
मृतक जिप साहु र चालक दुवै भएको र विगत ११ वर्षदेखि जिप चलाउँदै आएका थिए। जिपमा एक जना मात्र सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend