साझा नेटवर्क

प्यूठान,साउन २२ । शरिरभरी घाउ आएका प्यूठान नगरपालिका वडा नंम्बर ८ खप्रेङखोलाका नौ महिने शिशु प्रकाश विश्वकर्माको उपचारको लागि सहयोग जुटदै गएको छ ।
आईतबार युवा नेता पुष्कर शर्माको सक्रियतामा विभिन्न व्यक्तिद्धारा जुटेको ५० हजार नगद बालकका अभिभाकलाई हस्तान्तरण गरिएको छ । प्युठान घर भएका शर्माले विभिन्न व्यक्ति, संस्थाहरुसंग समन्वय गरि रकम बालकको थप उपचारको लागि रकम संकलन गरेको बताए । उनले भने– ‘हाम्रो सानो सहयोगले पनि बालकको उपचारमा सफल हुन्छ,।’
उक्त रकम कान्ती बाल अस्पतालमै पुगेर बालकको परिवारलाई हस्तान्तरण गरेको शर्माले बताए ।
नौ महिने बालकलाई प्यूठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अच्यूतराज कार्कीले उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला बाहिर लैजान सिफारिस गरेका थिए । आर्थिक अवस्था नाजुक रहेको बिरामी शिशुका आमा सीताले जम्मा एक हजार लिएर जिल्ला अस्पतालमा छोराको राम्रो उपचार गराउन पुगेकी थिईन ।
उक्त रकम काठमान्डौका युवा व्यवसायी नारायण खरेलको सक्रियता देश, विदेशबाट सङकलन गरिएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend