साझा नेटवर्क
चोम बिष्ट, रोल्पा साउन २० ।
रोल्पा सुनिल स्मृति गाउँपालिका ७ तेबाङमा वर्षौं वर्ष देखी खानेपानीबाट समस्या झेल्दै आइरहेका स्थानीय बासी भने यसपटक खानेपानी गाउँ बस्तीमै आउने भएपछि स्थानीय खुशी रहेका छन ।
भुल्के खानेपानी संचालन २०७४ साल माघ महिना देखी सुरु भएको हो र जिल्ला खानेपानीको आयोजनाबाट लागत अनुमानित करिब साढे चार करोड लगानीमा काम थालनी भएको खानेपानीको योजना पन्चे वर्षे योजना रहेको भएतापनि तिन वर्ष भित्रमै काम सम्पन्न हुने वडाका अध्यक्ष मानसिङ पुनले बताए ।
१०० घनमिटर एक लाख लिटर पानी अटाउने ट्याङ्की बनिरहेको वर्षायाम लागेपनी काम तिव्र गतिमा अगाडि बढेको यो खानेपानी पुर्ण रूपमा संचालन भएपछि तेबाङको चार सय घरधुरी लाभान्वित हुने समेत बताए।
यो खानेपानी भुल्के देखि राजपोखरा सम्मको दुरि १२ किलोमिटर रहेको छ यो योजना संचालन भएपछि यहाँ रहेका स्थानीय बासिले रोजगारको रूपमा काम पाएकोमा खुशी समेत व्यक्त गरे ।
यसै गाउँ नजिकमा खानेपानीको कुनै मुहान प्रयाप्त मात्रमा नभएकोले धेरै समस्या भोग्नुपरेको थियो सिचाइको लागी झनै समस्या रहेको स्थानीय बासीको गुनासो रहेको छ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend