logo
  • आइतबार, असोज ११ २०८३

जाजरकोटमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

२० साउन, काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–३, ठाँटीबजार नजिक पहिरोले घुर परिँदा ४ जनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले तीर्थ बोहरा र गोपाल सुनारको घर पुरिँदा एक महिलासहित ४ जनाको मृत्यु भएको हो । मृतकहरुको सनाखत भएको छैन ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख डिएसपी रविन्द्रबहादुर सिंहका अनुसार एक जनाको जीवितै उद्दार गरिएको छ । उद्दार हुनेमा  बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहार रहेका छान ।

उनकी श्रीमति र बच्चाको भने ज्यान गएको छ । घरमा रहेका बाँकी दुई जनाको पनि मृत्यु भइसकेको उनले बताए ।

‘बाँकी दुई जनाको पनि मृत अवस्थामा शरीर देखेका छौं । शवलाई निकाल्ने काम भइरहेको छ’, डिएसपी सिंहका अनुसार, ‘अर्को एउटा घर पनि पुरिएको छ । त्यहाँ पनि उद्दार टोली खटिएको छ ।’

हाल उनीहरुको उद्दारका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र सेनाको टोली खटिएको बताइएको छ । अनलाइन खबर,

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend