साझा नेटवर्क
पशुपति श्रेष्ठ, अर्घाखाँची साउन १९।
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ७ मडेल्चौलमा जन्मिएका एकै परिवारका ३ जना विशाल ,हरिमाया र एलिना रायमाझीले नक्कले भिनाजु भाग २ चर्तीकला नक्कले कमेडी तिज गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।
गत वर्षको तिजमा नक्कले भिनाजुको अपार सफलता पछि यसपाली पनि नक्कले भिनाजु भाग २चर्तीकला नक्कले बजारमा ल्याएका रायमाझी परिवारले यसपाली पनि राम्रो बजार पाउने भिडियोले देखाएको छ भने अहिले सम्म २ लाखा भन्दा बढी दर्शक श्रोताहरुले हेरि सकेका छन ।
गोर्खा चौतारी म्युजिक प्रालीले बजार व्यवस्थापन गरेको गितमा हरिमाया रायमाझीको शब्द र स्वर रहेको छ भने उनका भाई बिशाल रायमाझी र बिष्णु ठडराईले साथ दिएका छन ।
छोटो समय मै दर्जनौं भिडियोमा मोड्लिङ गरि एका एक चर्चित बनेकी रायमाझी परिवारकै एलिना रायमाझी र नायक जय किशन बस्नेतले डेब्यु गरि अभिनित रहेको म्युजिक भिडियोले राम्रो चर्चा बटुल्ने आकलन गरिएको छ भिडियोमा शिवम पोख्रेलको निर्देशन अजय रेग्मीको छायांकन र अभिनायक मान सेरचनले सम्पादन गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend