logo
  • आइतबार, असोज ११ २०८३

अपडेट : ट्याक्सीमा बेपत्ताको पहिचान खुल्यो, खोजी कार्य जारी


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

म्याग्दी, साउन १८ ।
म्याग्दीको सदरमुकाम बेनीमा सवारी चलाउन सिक्दै गरेकी एक महिला छोरासंगै म्याग्दी खोलामा बेपत्ता भएकी म्याग्दी मंगला गाउँपालिका–२ भाइबाङ, बावियाचौर स्थायी घरभई हाल पर्वतको जलजला गाउँपालिका–२ मा बस्ने २६ बर्षिया शोभा अधिकारी, ८ बर्षिय छोरा सागर खत्री ट्क्यासी संगै खोलामा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको अगाडी रहेको बेनी डाईभिङ्ग इस्टिच्युटबाट ध १ ज २५१ नम्बरको ट्याक्सी सिक्दै गरेकी अधिकारीले छोरालाई समेत ट्याक्सीमा राखेर चलाइरहेको अवस्थामा खोलामा खसेको इस्टिच्युटका सञ्चालक कर्ण बहादुर घिमिरेले बताए ।

सिकाउँदै गरेको अवस्थामा म शौचालय गएको थिए,‘ब्याक आउन खोज्दा एक्कासी खोलामा खस्यो’ घिमिरेले भने । तत्कालै उद्धारका लागि खोलामा पुग्दा ट्याक्सी बेपत्ता भएको उनले बताए ।

बेपत्ता अधिकारीले छोरालाई आफूँले ट्याक्सी चलाइरहेको देखाउन ट्याक्सीमा राखेको बताए । मैले ब्याक ल्याउन भन्दै शौचालयमा गएको थिए, हेर्दाहेदैं खोलामै खस्यो,‘उद्धारमा प्रहरीले प्रयास गरेपनि सफल भएन सञ्चालक घिमिरेले भने ।

ट्याक्सी बेपत्ता भएलगत्तै प्रहरीले खोजीकार्य तिब्र बनाएको छ । प्रत्यक्षदर्शीका अनुसार खोलामा खसेपछि ट्याक्सीबाट हात निकालेको देखेपनि केहीबेरमै म्याग्दी र कालिगण्डकीको दोभानमा पुगेको बताए ।

घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी लिलाघर अधिकारीले खोजीकार्यका लागि छिमेकी जिल्ला पर्वतमा रहेको शसस्त्र प्रहरीलाई समेत परिचालन गरिएको बताए । खोजीकार्य निकै चुनौतीपूर्ण छ, डाईभिङ्ग गर्ने ठाउँ नै जोखिमपूर्ण देखियो’ प्रजिअ अधिकारीले भने ।

उनले डाईभिङ्गस्थल नजिकै खोला रहेकाले विगतमा समेत दुर्घटना भएकाले तत्काल बन्द गर्न बेनी नगरपालिकासंग समन्वय गर्ने बताए । बेपत्ता अधिकारीका परिवार सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend