logo
  • आइतबार, असोज ११ २०८३

नेपाल्स लिटल स्टार २०१८ हुदै


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सुर्य चन्द , काठमाडौँ साउन १८।
सिद्दि मिडिया प्रालिले नेपाल्स लिटल स्टार २०१८ प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
बालबालिकाहरुको व्यक्तित्व बिकाश गर्दै उनिहरु भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले र भविष्यमा एक सक्षम नागरिक बनाउने सोचका साथ नेपाल्स लिटल स्टार २०१८ आयोजना गर्न लागिएको  सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाह बताउछन ।

सिद्दि मिडिया प्रालिले आयोजना गर्न लागेको यस बाल सौन्दर्य प्रतियोगितामा भाग लिन  इच्छुक बालबालिकाहरुले सिद्दि मिडिया प्रालिको कार्यालय बाट फर्म लिएर तथा एस एम एस मार्फत रजिष्टर गरेर पनि सहभागिता जनाउन सक्नेछन । यस प्रतियोगितामा भाग लिनको लागि ५ बर्ष देखि १२  बर्ष सम्मका बालबालिकाहरु  हुनु पर्नेछ ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २५ दिन सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई उनीहरुको बाल मनोबैज्ञानिक पहिचान गरि आफ्नो क्षमता, दक्षता तथा बालबालिकाको इच्छा रुचिलाइ मध्यनजर गरेर सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।


प्रकाशित मिति : १८ साउन २०१८ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend