logo
  • शनिबार, असोज १० २०८३

संसदमा नयाँ अभ्यास : प्रमुख प्रतिपक्षी बिनै बैठक चल्यो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३


काठमाडौं,१७ साउन – सामान्यतया नेपालको संसदीय इतिहासमा प्रमुख प्रतिपक्षीले संसद बैठक बहिस्कार गरे, आसनबाट उठे र रोष्ट्रम घेरेमा बैठक स्थगित गरिन्छ । तर, बिहीबार भने यो परम्परा तोडिएको छ ।
बिहीबार प्रमुख प्रतिपक्षी दलका सांसदहरुले संसद बैठक बहिस्कार गरेर हिँडेपनि सभामुखले बैठक स्थगन गरेनन् ।
कतिपयले यसलाई नयाँ अभ्यास पनि भनेका छन् ।
बिहीबार प्रमुख प्रतिपक्षी काङग्रेसका सांसदहरुले प्रतिनिधिसभा नियामावली २१९ अनुसार मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्छ भन्दै सभामुख कृष्णबाहदुर महरासँग समय माग गरे । तर, सभामुख महराले विशेष समय र शून्य समयमा उठेका सवालका उत्तरमात्रै मन्त्रीले दिने भन्दै बैठक जारी राखे ।
‘नियमावालीको नियम १५ अनुसार मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने व्यवस्था छैन । कांग्रेस सांसदलाई बस्न आग्रह गर्दछु,’ धेरैपटक प्रमुख प्रतिपक्षी सांसदलाई बस्न आग्रह गर्दै सभामुखले भने, ‘अर्को बैठकमा बोल्ने समय दिन्छु आजको बैठक अघि बढ्छ ।’
प्रमुख प्रतिपक्षका सांसदहरु बस्न नमानेपछि सभामुखले संसद्को विषयगत समितिका सदस्यहरुको नाम प्रस्तावका लागि वाचन गरे । सभामुखले सदस्यहरुको नाम बाचन गर्दासमेत उनीहरुले उभिएर विरोध गरिरहेका थिए ।
सभामुखले समितिका सदस्यहरुको नाम मनोनयनको लागि प्रस्ताव गरेपछि मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गर्दै प्रतिपक्ष काङग्रेसका सांसदहरु बैठक बहिस्कार गरेर बाहिरिएका थिए ।
त्यसपछि सभामुखले अर्थमन्त्री युवराज खतिवडालाई बिमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए । अर्थमन्त्री खतिवडाले बिमा विधेयकमाथि छलफलको लागि प्रस्ताव गरेपनि छलफलमा कुनै सांसदले भाग लिएनन् ।
संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालका अनुसार प्रमु्ख प्रतिपक्षले संसद बैठक बहिस्कार गर्दा बैठक स्थगित गर्नुपर्ने भन्ने कुनैपनि नियामावलीमा उल्लेख छैन । त्यसवेला सभामुखले स्वविवेकले निर्णय गर्न सक्छन् ।
यता, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भने प्रतिपक्षबीना संसद सञ्चालन गर्नु संसदीय मूल्य र मान्यता विपरित भएको भन्दै आपत्ति जनाएको छ । सभामुखले मन्त्रीसँगको प्रश्न उत्तरको समय नदिएको भन्दै प्रतिनिधिसभाको बिहिबारको बैठक बहिष्कार गरेको कांग्रेसले सरकारले संसदलाई पार्टीको रुपमा लिएको आरोप पनि लगाएको छ ।
बैठक बहिष्कारपछि संघीय संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संसदीय पद्धति र परम्पराको पालना गर्ने दायित्वबाट सरकार पछि हटेको र संसदीय मुल्य मान्यतालाई कुल्चिदै गएको बताए । उनले समयमै सच्चिन सभामुख र सरकार दुवैलाई चेतावनी दिए । रातोपति

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend