logo
  • शुक्रबार, असोज ९ २०८३

संचारकर्मी तुलसिंहको तीज कोशेली “जान्न नभन” बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी साउन १६ ।
गुल्मीको संचार जगतमा एउटा चर्चित नाम हो तुलसिंह रनपछाई । जसले एक दशकदेखि विभिन्न एफएम रेडियोहरुमा लोक संगितको कुरा गरिरहेको छ । आफैले विभिन्न लोकगीत मार्फत स्रोता तथा दर्शकहरुको सांगीतिक तृर्खा मेटाउने काम पनि गरिरहेका छ । महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा गतबर्ष “ढंग भए पो रंग हुन्छ नाच्न” भन्ने तीज गीत मार्फत थप चर्चा बटुल्न सफल भए ।

तुलसिंहले आफ्नो साँगितिक यात्रालाई निरन्तरता दिदै यसपाली पनि आशिष म्युजिक प्रालि मार्फत “जान्न नभन” बोलको तीजको कोशेली बजारमा ल्याएका छन् । जसमा गायक तथा संचारकर्मी तुलसिंह रनपछाई र शिलु भट्टराईको स्वर रहेको छ ।

चर्चिक गायक तथा शब्द संकलक शिव हमालको लय तथा शब्दले गीतलाई मार्किक बनाएको छ । गुरुआमाको निर्देशन रहेको गीतमा मोडल लोमश शर्मा र स्मृति तिमिल्सेना (गुरुआमा)कै अभिनय रहेको छ ।

गीतमा पुरानो भाका र शव्द सहितको मौलिकता भएकाले दर्शक र स्रोताका माझमा यो गीत उत्कृष्ट हुनेमा विस्वस्त रहेको निर्माणकर्ता रनपछाईले साझा नेटवर्कलाई बताए ।

हेर्नुहोस गीतको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend