logo
  • आइतबार, असोज ११ २०८३

अस्पतालको लापर्वाहीले पत्रकार थपलियाको निधन भएको जनाउँदै उजुरी


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

काठमाडौँ,२०७५ साउन,१६ । पत्रकार एवं साहित्यकार यादव थपलियाको उपचारमा संलग्न चिकित्सकको लापर्वाहीका कारण मृत्यु भएको भनी उनकी श्रीमती गंगा खतिवडाले छानबिनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन् ।

सामान्य ज्वरो आएर सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज अस्पताल भर्ना गरेको ४८ घण्टा बित्न नपाउँदै गत असार १५ गते थपलियाको निधन भएको थियो । थपलिया कान्तिपुर दैनिकमा कार्यरत थिए भने नागार्जुन साहित्यिक प्रतिष्ठानका पूर्वमहासचिव हुन् ।

श्रीमती खतिवडाले निवेदनमा भनिएको छ, ‘चिकित्सकले बिरामीको निधनमा हामीलाई जे कारण (भाइरल इन्फ्लुएञ्जा) भनेका थिए, परीक्षणका क्रममा त्यो असत्य सावित भएको छ, भाइरल इन्फ्लुएञ्जा निगेटिभ देखिएको छ, त्यसैले यसको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दछु ।’

उपचारमा संलग्न चिकित्सकले शुरुमा उनलाई सामान्य ज्वरो (टाइफाइड) भएको बताएको थियो । असार १४ गते बिहान कलेजोमा संक्रमण देखिएको भन्दै पूर्ण परीक्षण नगरी उनलाई ‘हाइकेएर’मा राखेका थिए ।

बिरामीको निधनपछि अस्पताल प्रशासनले विभिन्न रिपोर्ट दिनलाई आनाकानी र अस्वीकार गर्नुले उपचारमा त्रुटि देखिएको खतिवडाको दाबी छ ।

आफूले बितेको श्रीमानका कुनै क्षतिपूर्ति रकम नमाग्ने तर सत्यतथ्य पत्ता लगाई कारबाही भएमा यस्ता घटना नदोहरिने भएकाले उजुरी गरेको गंगा खतिवडाले बताइन् ।
रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend