logo
  • आइतबार, असोज ११ २०८३

स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको जिल्ला भेला सन्धिखर्कमा सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

दिनेश रदिफ गैरे, अर्घाखाँची साउन १५ ।
“पत्रकार बन्नु त स्वतन्त्र बन्नु- स्वतन्त्र नै हो पत्रकार भन्नु” भन्ने मुल सिद्धान्त लिएर स्थापित स्वतन्त्र पत्रकार संघ नेपाल अर्घाखाँची शाखाको विस्तृत जिल्ला भेला तथा स्थापना दिवस अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।

स्वतन्त्र पत्रकार संघ नेपाल अर्घाखाँची शाखा पुर्व अध्यक्ष हरि प्रसाद भुसाल विवेकशील साझा पार्टीमा प्रवेश गरी राजीनामा दिएपछि लामो समय रिक्त रहेको अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष अम्बिका वेल्वासे (श्रेष्ठ) लाई अर्को अधिवेशनसम्मको लागी कार्यबाहक अध्यक्ष को रूपमा जिम्मेवारी दिएको छ ।

यस संस्थाको स्थापना दिवसको अवसरमा सन्धिखर्क नगरपालिका वडा नंम्वर १ मा रहेको निर्मल नवज्योति सुस्त मनस्थिती विधालयमा शैक्षिक सामाग्री तथा खाद्यान्न बितरण गरिएको छ ।

यस कार्यक्रमको अध्यक्षता कार्यबाहक अध्यक्ष अम्बिका श्रेष्ठ रहनु भएको थियो भने प्रमुख अतिथिमा स्वतन्त्र पत्रकार संघ नेपाल अर्घाखाँचीका पूर्व अध्यक्ष हरि प्रसाद भुसाल,बिशिष्ट अतिथिमा संघका केन्द्रीय पार्षद डिल्लीराज घिमिरे “डिआरजी सुमन”,अतिथीमा केन्द्रीय पार्षद बिशाल पाण्डे, जिल्ला समिति सचिव शिव बेल्वासे , सदस्य भुम बहादुर सुर्यबंसी -प्रदिप, विधालयका प्रधानाध्यापक कमला भुसाल रहनु थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै यस्तो पुनित काम गर्न पाउदा अत्यन्त हर्षित भए को जिल्ला सदस्य भुम बहादुर सुर्यबंसी -प्रदिपले आफ्नो भनाई राख्नु भएको थियो ।

संस्थाका पुर्व अध्यक्ष हरि प्रसाद भुसालले आफु बाध्यताले संघ छाडेको वताउदै आफु बाहिर रहेर पनी आफु सक्दो सहयोग गर्ने कुरा राख्नु भए को थियो । आफ्नो मन्तव्य राख्दै केन्द्रीय पार्षद डिल्लीराज घिमिरे विधालयमा आउदो दिनमा पनी संस्थाले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

कार्यक्रम स्वतन्त्र पत्रकार संघ नेपाल अर्घाखाँची शाखा जिल्ला कोषाध्यक्ष दिनेश गैरे को संचालन मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend