साझा नेटवर्क

हिम शिखर, अर्घाखाँची साउन १४ ।
मालारानी गाउँपालिका ३ खनदह देउराली ,अर्घाखाँची का अन्दाजी ४० वर्षका भोजबहादुर चौहान हिजो दिउस सोही गाउँपालिका वडा ३ खनदह पैंयापाटा अर्कैको घरको दलान मा मृत फेला परे ।
घरबेटिका अनुसार आफूहरु विहान १० बजे बनमा खेताला सँगै गएको र दिउसो करिब १:३० बजे आफूहरु घरफर्कदा अचेत अवस्था मा देखेपछी गाँउलेहरु लाई खबर गरेका रहेछ्न । घटना स्थल पुग्दा घरको दलान मा शंकास्पद हालात मा मृत अवस्थामा देखिए ।
साझ जिल्ला देखि पुलिस प्रशासन र अनुसन्धान टोलि ले हेर्दा पनि मृतक को घाँटीमा डाम देखिए पछि पोस्टमार्टम को लागि र थप अनुसन्धान को लागि घरबेटि र एक जना छिमेकी लाई समेत जिल्ला लगिएको छ ।
मृतक भोज बहादुर इलाका प्रहरी कार्यालय नजिकै पसल गरेर बस्दै आएका र दुईदिन अघिदेखि भैंसी किन्न भनी गाउँतिर हिडेको प्रत्यक्षदर्शी ले बताएका थिए । मृतक को परिवार मा श्रीमती , एक छोरा र एक छोरी रहेका छ्न ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend