साझा नेटवर्क
काठमाडौं, साउन ११ ।
धर्मशास्त्रमा विश्वास गर्नेहरुले ग्रहणको फलबारे पनि जानकारी लिन खोज्छन् । त्यसैले शुक्रबार लाग्ने चन्द्रग्रहणको फलबारे पञ्चाङ्ग तथा पात्रोहरुमा उल्लेख गरिएको छ ।
शुक्रबारको चन्द्रग्रहणमा विभिन्न राशि भएका मानिसलाई फरक फरक फल दिने नेपाल पञ्चाङ्ग निर्णयक समितिले स्वीकृत गरेका पञ्चाङ्गमा उल्लेख गरिएको छ ।
मेष राशि भएकालाई सुख, वृषलाई माननाश, मिथुनलाई कष्ट, कर्कट स्त्री पीडा, सिंह सुख, कन्या चिन्ता, तुला व्यथा, वृश्चिक धन प्राप्ति, धनु क्षति, मकर घात, कुम्भ व्यय र मीन राशि भएका मानिसलाई लाभ मिल्नेछ ।
यस आधारमा शुक्रबार रातिको चन्द्रग्रहण मेष, सिंह, वृश्चिक र मीन राशि भएकाले हेर्नु हुने तथा अरुआठ राशि भएकाले हेर्न नहुने समितिले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend